दशैं नजिकिदैछ । दशैंको रमझममा गीत-संगीत त चाहिन्छ नै । त्यसैले त गायक/गायिकाहरु यस्तै रमझमका लागि गीत तयार गरिरहेका छन् । यसैको सिलसिला हो, ए कालु ।
यो डान्सिङ नम्बरमा अभिनेत्री प्रियंका कार्कीले कम्मर मर्काएकी छिन् । स्वर चाहि मेलिना राईको हो । अहिले सिनेमा र संगीतमा दुबै चल्तापूर्जा नाम हुन् । त्यसो त प्रियंका म्युजिक भिडियोसँगै फिल्ममा पनि समानन्तर जमिरहेकी छिन् । यही सातादेखि उनी अभिनित फिल्म पनि हलमा लाग्दैछ ।
प्रतिक्रिया लेख्नुहोस