12.1 C
Birgunj
18 January 2025
KALIKATIMES.COM

रोमान्टिक शैलीको “जाऊ हिँड पोखरा” सार्वजनिक

काठमाडौं । रोमान्टिक शैलीको नयाँ गीत “जाऊ हिँड पोखरा” सार्वजनिक भएको छ । गीतले पोखराको अनुपम प्राकृतिक सुन्दरताको वर्णन गर्दै प्रेम र जीवनशैलीलाई समेटेको छ ।  

यस गीतमा गायक मुकुन्द त्रिपाठी र अस्मिता अधिकारीले स्वर दिएका छन् । शब्द, संगीत, र निर्देशन मुकुन्द त्रिपाठीकै रहेको  यो सिर्जना नेपाली सांगीतिक बजारमा एउटा रोचक प्रस्तुति हो । एरेन्जर राजु सुनाम र मिक्सिङ  बिनोद परियारले यो गीतलाई प्राविधिक हिसाबले उत्कृष्ट बनाएका छन् ।  

भिडियोमा गायक मुकुन्द त्रिपाठीसँगै सरिता दनकुटी र अनुभव त्रिपाठीको अभिनय रहेको छ । सिनेमाटोग्राफी सुबास सुबेदीले गरेका छन् भने सम्पादन र कलरिङ सुबास अम्गाईले गरेका छन् । भिडियोमा युमी बलामीको कोरियोग्राफी रहेको छ ।

दुर्गा न्यौपाने त्रिपाठीद्वारा प्रस्तुत यो गीत मुकुन्द त्रिपाठीको आधिकारिक युट्युब च्यानलमा सार्वजनिक गरिएको हो । गीतले सांगीतिक प्रेमीहरूको मन जित्ने विश्वास निर्माण टिमले व्यक्त गरेको छ ।  

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

क्युएफएक्स वीरगंजकाे पहिलो बार्षिकाेत्सवमा दर्शकलाई अफर

कालिका टाईम्स

“इनकार नाम गहवा माई” बोलको भोजपुरी गीत सार्वजनिक

कालिका टाईम्स

ऐश्वर्याको कारण मेरो र सलमानको ब्रेकअप भयो : सोमी अली

कालिका टाईम्स
SQL requests:221. Generation time:6.475 sec. Memory consumption:81.87 mb