24.1 C
Birgunj
21 October 2024
KALIKATIMES.COM

काेराेना संक्रमित हुदा आतिनु पर्दैन

– कृपा शर्मा /
म वीरगन्जको नारायणी वयोधा अस्पतालको पोस्ट उप बिभागमा कार्यरत नर्स इन्चार्ज हुँ । अहिले वीरगन्जमा कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएका बिरामीलाई नन–कोभिड अस्पतालले भर्ना लिँदैनन् । यस्ता बिरामी आए कोरोना उपचारका लागि तोकिएका अस्पतालमा पठाउने चलन छ । तर जति गरेनी त्यस्ता लक्षण भएको बिरामीलाई हेर्ने नै पर्छ । मलाई पनि रुघा, खोकी, ज्वरो आउने थालेपछि पिसिआर परिक्षण गराए र म संक्रमित भए ।  आफ्नै कोठामा एक्लै आइसाेलेसनमा बसे चिकित्सक डाक्टर अभिषेक सिंहको सल्लाह अनुसार मैले दवाई खाने गरे । दिनको ४ समय तातो पानी खाने गरे । राति सुत्ने बेला दुध र हल्दि खाए । यसका साथ साथै दैनिक व्यायाम पनि गरे र ठिक भए । आज मलाई कुनै लक्षण छैन, बिल्कुलै ठिक छु ।
 
मेरो खास हजुर सर्वसाधारण, आफ्नो समाज, घर परिवारलाई के भन्न चाहन्छु भने, हजुरहरु आफ्नो हौसला नहारी दिनुस, यस्तो माहामारीलाई हामीसंगै मिलेर जित्ने छाै । थुप्रैलाई बिना केही लक्षणकाे पनि संक्रमण देखिए को छ र केहीलाई लक्षण देखिएपनि टेस्ट गराउदा नगेटिभ देखाउँछ । घर मै बस्नु, दैनिक व्यायाम गर्नुस, हौसला राख्नुस । आज कोरोनाले गर्दा सारा बिस्व यसको समस्याले त्रसित छ । तर यसमा कोरोनाको डर भन्दा धेरै विश्वास र घर परिवार, साथी समाजको साथले यसलाई जित्ने सकिन्छ ।
आज म यदि कोरोना नगेटिभ छु भने भोली पाेजिटिभ पनि हुन सक्छु र मेरो कारोना पाेजिटिभ छ भने भोलि नगेटिभ नि आउन सक्छ ।
 
आज अस्पतालमा काम गरि आफ्नो समाजलाई सेवा गरेको छु, थुप्रै ब्यक्तिको सम्पर्कमा आउनु पर्छ । काम गर्दा कै क्रममा चाहेर न चाहेर पनि भोलि हुन सक्छ म संक्रमित हुनेछु । म आफ्नाे घर परिवार, दाई, दिदि, समाजलाई संक्रमित भएर आतिनु पर्ने जरुरि छैन भन्न चाहन्छु । आज संक्रमित भए भने भोलि आवश्य ठिक हुनेछु । यस्ता महामारीमा एक नर्स हुदा, मेरो समाजले मलाई हेला नगरि मलाई हौसला प्रदान गर्न आग्रह गर्दै छु ।
प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वंगलादेशको म्यासेज

कालिका टाईम्स

ममता र मानवताकाे महापर्व छठ पुजा

कालिका टाईम्स

हाम्रो पत्रकारिताः भित्तेपत्रिका हुँदै डिजिटल पत्रकारितासम्म

कालिका टाईम्स
SQL requests:209. Generation time:2.588 sec. Memory consumption:81.41 mb