20 March 2025
KALIKATIMES.COM

लकडाउनमा पनि प्रहरी चाैकी इनर्वाका सई दास कमाउ धन्दामा

वीरगंज । हिन्दी चलचित्र सिंघमको नायक अजय देवगन जस्तै आफूलाई सिंघम ठान्ने प्रहरी नायब निरीक्षक (सई) बैजनाथ दास चर्चामा रहन विभिन्न ताण्डव गरी रहे पनि भित्री रूपले उनले गरी रहेका बेइमानीको रहस्य पनि खुल्दै गएको छ ।

आफूलाई इमान्दार एवम दबंग प्रहरी बताउदै निरन्तर लाभ लिन सक्ने विभिन्न प्रहरी चौकीहरु बस पार्क, परवानीपुर हुदै इनर्वा प्रहरी चौकीको इन्चार्ज हुन सफल भएका सई दास नाम कमाउन सर्वसाधारण नेपाली नागरिकलाई भारतको रक्सौलबाट पैसा ल्याएको भनी मुचुल्का उठाएको घटना नसेलाउँदै लकडाउनको अवधिमा पनि उनको नाकाबाट रक्सीको अवैध पैठारी भई रहेको समाचार प्राप्त भएको छ ।

विगतमा विभिन्न सामानहरूको तस्करी गर्दै आएका केही नाम चन्द तस्करहरुले लकडाउनको अवधिमा अन्य कुनै सामानहरूको तस्करीका उपाय नपाई प्रसनि दासको मिलोमतोमा रातभरी नेपालबाट अवैध रूपले रक्सी रक्सौल पैठारी भई रहेकोको स्रोतले जनाएको छ ।

विगतमा विभिन्न सामानहरूको तस्करीमा संलग्न विष्णु सराफ, दीनानाथ प्रसाद र शम्भु रामहरुसंग दैनिक रकम असुली गरी रक्सीको अवैध ओसार पोसार गराउँदै गरेका छन ।

आफूलाई इमान्दार एवम सिंघम बताउने प्रसनि दास भित्री रूपले बेइमान एंवम भ्रष्ट रहेको यस अघि पनि उनकै नाकाबाट गएको ट्यांकर हेटौडाको रातोमाटीमा पक्राउ परी १ सय ५५ बोतल लागू औषध फेला परेकोको घटनाले पनि प्रमाणित गरी दिएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सामा पहिलाे दिन अंग्रेजी विषयकाे एसईई परिक्षा शान्तिपूर्ण रुपमा सम्पन्न

कालिका टाईम्स

ठाकुर राम स्ववियु निर्वाचनकाे मतगणना जारी, राज कुमार यादव अगाडी

कालिका टाईम्स

पर्साबाट एसईई परिक्षामा १२ हजार ६ सय ३७ विद्यार्थी सहभागि हुँदै

कालिका टाईम्स
SQL requests:216. Generation time:3.909 sec. Memory consumption:82.39 mb