29.5 C
Birgunj
18 April 2025
KALIKATIMES.COM

पर्साकाे अनिरुद्धकाे शव मकवानपुरमा फेला, हत्या गरेर फालिएकाे आशंका

वीरगंज । पर्साकाे एक युवककाे शव मकवानपुरमा फेला परेकाे छ । पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. ४ कट्टी बलुवा स्थाई घर भएका वीरगंज १३ राधेमाई निवासी बर्ष २८ का अनिरुध प्रसाद चाैहानकाे शव मकवानपुरकाे भिमफेदी गाउँपालिका वडा नं. २ स्थित फेला परेकाे प्रहरीले जनाएकाे छ ।

आइतबार विहान ९ बजे अनिरुद्धकाे शव फेला परेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक ललन प्रसाद कुर्मीले वताए । सडक भन्दा ५/६ मिटर तल ना ५२ प ४६१६ नम्बरको मोटरसाइकल रुखमा अड्किएकोे अवस्थामा भेटिएको र उनको शव पनि सोही स्थानमा फेला परेको प्रहरी निरीक्षक निरिक्षक कुर्मीले वताए ।

मृत अवस्थामा फेला परेकाे अनिरुद्धकाे शव परिक्षण मकवानपुर जिल्ला अस्पतालमा भए पछि उनकाे आफन्तजनले बुझि लगेकाे प्रहरी निरिक्षक कुर्मीले वताए ।

मृतक अनिरुद्धकाे टाउकाेमा प्वाल र सशिरकाे विभिन्न भाग निलडम देखिएकाेले मारेर फालेकाे हुन सक्ने प्रहरीकाे अनुमान छ । मृतक अनिरुद्धकाे कल डिटेल निकाल्ने काम भइरहेकाे र भाेली मंगलबार सम्म कल डिटेल आए पछि मात्र केही भन्न सकिने प्रहरी निरिक्षक कुर्मीले वताए ।

वीरगंजकाे एडभान्स हाँस्पिटलमा कार्यरत मृतक अनिरुद्ध शुक्रबार डिउटी समेत गरेका थिए । उनी शनिबार देखि सम्पर्क विहिन भएका थिए । उनलाई कसैले फाेन गरेर बाेलाए पछि उनी हेटाैडा गएकाे मृतक अनिरुद्धकाे आफन्तहरुले वताएका छन् । उनलाई कसैले हत्या गरी लगेर फालेकाे हुन सक्ने आफन्तजनकाे आशंका छ ।

मृतक अनिरुद्धकाे शव साेमबार स्थाई घर बलुवामा पुगे पछि गाउँ नै शाेकमा डुबेकाे थियाे । हेल्थ असिस्टेन्ट मृतक अनिरुद्धकाे साेमबार नै गाउँकाे आर्यघाट दाहसंस्कार गरिएकाे छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

डा. राकेशकुमार झाद्वारा युरोपेली सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीका फेलो (एफइएसजीइ) उपाधि प्राप्त

कालिका टाईम्स

सखुवा प्रसौनीमा लगाइएकाे मकैबालीमा घोगा तथा घोगामा दाना लागेन

कालिका टाईम्स

चामलकाे बाेरामा लागू औषध बरामद, दुई जना पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:8.049 sec. Memory consumption:82.39 mb