20 March 2025
KALIKATIMES.COM

वीरगन्जमा टिप्परको ठक्करबाट एक युवककाे ज्यान गयाे

वीरगंज । वीरगन्जको बाइपास रोडमा टिप्परको ठक्करबाट एक युवकको ज्यान गएको छ । वीरगन्ज १६ नगवाको बाइपास रोडमा ना ३ ख ९४२८ नम्बरको टिप्परको ठक्करबाट स्थानिय ३२ बर्षिय युवक गौरीशंकर मिश्राको ज्यान गएको हो ।

बसपार्कबाट भन्सार तर्फ गइरहेको टिप्परले बाइपास नगवा चौकमा पैदल हिडिरहेका मिश्रालाई ठक्कर दिएको थियाे । टाउकोमा गम्भीर चोट लागेका मिश्रालाइ तत्काल उद्दार गरि नारायणी अस्पतालमा उपचारको लागि लैजादा चिकित्सकले मृत घोषित गरेको हाे ।

तिब्रगतिमा रहेका टिप्परले अनियन्त्रित भई युवकलाइ ठक्कर दिएको प्रत्यक्षदर्शीले जनाएका छन् । युवकलाइ ठक्कर दिए लगतै नगवा गाउँबाट बाइपास रोडमा निस्की रहेको अनटेस्ट ट्याक्टरलाईसमेत ठक्कर दिइ क्षति पुर्याएको छ ।

घटना स्थलमा पुगेका इलाका प्रहरी कार्यालय नगवाका प्रहरी नायब निरीक्षक श्याम किशोर यादव नेतृत्वकाे प्रहरी टाेलीले ठक्कर दिने टिप्पर चालक पुरेन्द्र महतो धानुकलाई नियन्त्रणमा लिइ आवश्यक कार्वाहिको लागि जिल्ला प्रहरी कार्यालयमा बुझाएकाे छ ।

मृतक युवकको शव पोस्ट मार्टमको लागि नारायणी अस्पताल कै शव गृहमा राखिएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

विवादका कारण ठाकुर रामकाे मतगणना स्थगित, क्याम्पस प्रशासनले धाधली गरेकाे भन्दै विराेध प्रदर्शन

कालिका टाईम्स

पर्सामा पहिलाे दिन अंग्रेजी विषयकाे एसईई परिक्षा शान्तिपूर्ण रुपमा सम्पन्न

कालिका टाईम्स

ठाकुर राम स्ववियु निर्वाचनकाे मतगणना जारी, राज कुमार यादव अगाडी

कालिका टाईम्स
SQL requests:215. Generation time:5.042 sec. Memory consumption:82.38 mb