20 March 2025
KALIKATIMES.COM

“इनकार नाम गहवा माई” बोलको भोजपुरी गीत सार्वजनिक

वीरगंज । वीरगंजका स्थानीय कलाकारहरूद्वारा निर्माण गरिएकाे “इनकार नाम गहवा माई” बोलको भोजपुरी गीत बिहिबार सार्वजनिक भएको छ । बडा दसैँको पहिलो दिन घटस्थापनाको अवसरमा उक्त गीत सार्वजनिक गरिएकाे हाे ।

उक्त गितमा वीरगंजका स्थानीय गायक चन्दन प्रजापतिको आवाजमा रहेको छ । भोजपुरी साहित्यकार आमोद गुप्ताले लेखेको गीतलाई मुन्ना मुस्कानले संगीत दिएका छन् । 

गीतको भिडियोमा पत्रकार विमला गुप्ता र दिवेश शर्माले अभिनय गरेका छन् । वीरगंजस्थित ऐतिहासिक गहवामाई मन्दिर र यस मन्दिरको सांस्कृतिक महत्त्वलाई भिडियोले उजागर गरेको छ । भिडियोको छायांकन, इडिट र निर्देशन विकास प्रजापतीले गरेका हुन् । 

गहवामाई मन्दिर वीरगंजकाे प्रमुख धार्मिक स्थलहरूमध्ये एक हो, जहाँ हरेक वर्ष लाखौँ भक्तजन विशेष गरी दसैँको समयमा देवी गहवामाईको पूजा गर्न आउँछन् । गहवामाईलाई शक्तिको प्रतीकका रूपमा पूजा गरिन्छ । यो मन्दिरले धार्मिक तथा सांस्कृतिक रूपमा वीरगंज क्षेत्रको महत्त्वलाई अझ उचाइमा पु-याएको छ । 

गीतमा पनि सोही मन्दिरको सांस्कृतिक र धार्मिक विशेषता समेटिएको छ, जसले स्थानीय पहिचान र आस्थालाई झल्काउँछ । कलाकारहरूका अनुसार गीतले धार्मिक र सांस्कृतिक महत्त्वलाई सँगालेर विशेष सन्देश दिन खोजेको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

विवादका कारण ठाकुर रामकाे मतगणना स्थगित, क्याम्पस प्रशासनले धाधली गरेकाे भन्दै विराेध प्रदर्शन

कालिका टाईम्स

पर्सामा पहिलाे दिन अंग्रेजी विषयकाे एसईई परिक्षा शान्तिपूर्ण रुपमा सम्पन्न

कालिका टाईम्स

ठाकुर राम स्ववियु निर्वाचनकाे मतगणना जारी, राज कुमार यादव अगाडी

कालिका टाईम्स
SQL requests:216. Generation time:7.952 sec. Memory consumption:82.4 mb