KALIKATIMES.COM

मालपाेत कार्यालय पर्सामा राती ८ बजे छापा, ८ जना पक्राउ

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले बिहिबार राती वीरगंजस्थित रहेकाे मालपाेत कार्यालय पर्सामा छापामारी गरेकाे छ ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पाैडले नेतृत्तवकाे प्रहरीसहितकाे टाेलीले रातीकाे समयमा मालपाेत कार्यालयमा गैर कानुनी काम भइरहेकाे सूचनाकाे आधारमा छापामारी गरेकाे हाे । 

टाेलीले राती ८ बजेकाे समयमा छापामारी गर्दा मालपाेत कार्यालयका निमित्त प्रमुख सुमन कुमार झासहित १० जना कर्मचारी र ८ जना बाहिरका व्यक्ति काम गरिरहेकाे अवस्था फेला परेकाे थियाे । ति सबै जनालाई प्रहरीले मालपाेत कार्यालय मै नियन्त्रणमा लिए पनि पछि कर्मचारीहरुलाई छाडी बाहिरका ८ जना व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरी लगेकाे हाम्रा सम्वाददाताले जनाएका छन् ।

मालपाेत कार्यालयमा कर्मचारीसंगै फेला परेका अन्य व्यक्तिहरु धर्मेन्द्र साह, रमेश यादव, लेखमन कुमार यादव, ज्ञानेन्द्र प्रसाद यादव, वीरेन्द्र कुमार साह, राजेन्द्र प्रसाद चाैधरी, विजय विक्रम साह, रविभुषन प्रसाद पटेललाई प्रहरीले नियन्त्रणमा लिएर प्रहरी कार्यालय लगेकाे थियाे ।

पक्राउ परेका सबै जना मालपाेत कार्यालय मै लेखापढीकाे काम गर्ने व्यक्तिहरु रहेकाे बुझिएकाे छ ।

रातको समयमा भएको कामको बारेमा छापा मार्न गएको टेलीले कार्यलय प्रमुख झासहितकाे सबै जनाकाे खानतालाशी गर्नुकाे साथै कर्मचारीसँग सनाखतसमेत गराएकाे छ । उनीहरुकाे साथबाट फेला परेकाे रकम र केही शंकास्पद कागजतसमेत टाेलीले नियन्त्रणमा लिएर लगेकाे छ ।

छापामारी गर्ने टाेलीमा जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकिय अधिकृत विनय श्रीवास्तव, वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक राजेशराज पुरी लगायतकाे सहभागिता रहेकाे थियाे । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

जसपा पर्सामा विवाद : समानान्तर जिल्ला समिति गठन

कालिका टाईम्स

विल बिजक संकास्पद देखिएको मालवाहक ट्रक प्रहरीले राअका बझायाे

कालिका टाईम्स

सानो पाइला सहकारीका १३ जनाविरुद्ध पक्राउ पुर्जी जारी

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:189. Generation time:2.136 sec. Memory consumption:69.99 mb