14.6 C
Birgunj
18 January 2025
KALIKATIMES.COM

प्रभु अस्पतालकी डा. लक्ष्मी थापाको लापरवाहीले २ महिलाको मृत्यु

वीरगंज । वीरगंज स्थित रहेको प्रभु अस्पतालको लापरवाहीले प्रसुती गराउन आएकी दुई महिलाको मृत्यु भएको छ । बाराको पचरौता नगरपालिका वडा नं. १ पिपरपाती पंचराैता निवासी सुनिता देबी र कलैया निवासी अमृता श्रेष्ठको मृत्यु भएको हो ।

माइती घर वीरगंज महानगरपालिका वडा नं. ३ भगवती टोलमा बस्दै आएकी वर्ष ३० की अमृता श्रेष्ठ मंगलबारका दिन प्रभु अस्पतालमा भर्ना भएकी थिइन् । सोही दिन अस्पतालकी डा. लक्ष्मी थापाले उनको अप्रेसन गरी बच्चा जन्माएकी र डा. थापाकै निगरानीमा उनको सबै चेकजाँच भएको आफन्तजनले जनाएका छन् ।

उपचार कै क्रमा बुधबार उनको अचानक पिसाब रोकिएको तथा धडकन नचलेको कारणले निज अमृतालाई अस्पतालले भेन्टिलेटरमा राखेको थियो । भेन्टिलेटरमा राखेपनि निज अमृतको बुधबार अस्पतालमै मृत्यु भएको उनका आफन्तजनले जनाएका छन् । अस्पतालको लापरवाहीको कारणले यस्तो घटना हुन गएको आरोप अमृताको आफन्तजनको रहेको छ ।

अस्पतालले सो दिन ३ जनाको अप्रेसन गरी बच्चा जन्माएको थियो भने एक जनाको अवस्था चिन्ताजनक भएपछि उसका आफन्तजनले रेफर गराई उपचारका लागि भरतपुर लगेका थिए ।

भरतपुर लगिएको सुनिताको पनि बिहिवार राती मृत्यु भएको उनको आफन्त साहेब ठाकुरले वताए ।

ओमप्रकाश ठाकुरकी श्रीमती सुनिताको अस्पतालकी डा. थापाकाे लापरवाहीले मृत्यु भएको ओमप्रकाशका दाई साहेबले वताए ।

यश विषयमा पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौर संग बुझ्दा आफुलाई केही थाह नभएको वताए । अस्पतालकी डा. थापाले घटना बारे ढाकछाेप गर्दै मृत्युको कारण बारे अनुसन्धान भईरहेको वताईन ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

भारतबाट ल्याइएका ब्रोइलर कुखुरा नष्ट

कालिका टाईम्स

अवैध रुपमा बालुवा उत्खनन् गर्ने २ वटा ट्याक्टर र चालक नियन्त्रणमा

कालिका टाईम्स

प्रहरीद्वारा सात कट्ठा गाँजा फडानी

कालिका टाईम्स
SQL requests:215. Generation time:3.611 sec. Memory consumption:81.36 mb