31.5 C
Birgunj
13 May 2025
KALIKATIMES.COM

दीपिकाको खुलासा–‘छपाक’को छायांकनका क्रममा म फेरि डिप्रेशनमा थिएँ’

नायिका दीपिका पादुकोणले आफ्नो जीवनमा नदेखिएको पाटोलाई पनि मिडियामाफर्त सार्वजनिक गरिरहेकी छिन् । दीपिकाले सन् २००४ देखि नै आफू डिप्रेशनमा रहेको कुरा सार्वजनिक गरिसकेकी छिन् ।

उनै, दीपिकाले फेरि एकपटक आफ्नो जिन्दगीको बिषयमा नयाँ खुलासा गरेकी छिन् । दीपिकाले भनेकी छिन्–‘चलचित्र ‘छपाक’को छायांकनका क्रममा म फेरि एकपटक डिप्रेशनमा पुगेकी थिएँ । मलाई चलचित्रको छायांकन सेटमा काउन्सिलरको आवश्यकता थियो ।’

उनले भनिन्–‘म निकै नै थाकेको महशुश गरिरहेकी थिएँ । लामो समयसम्म काम गर्ने गरेकाले मलाई यस्तो भएको हो कि भन्ने पनि लाग्थ्यो । तर, मैले आफूमा ‘क्लस्ट्रोफोबिक’ भएको महुशश गर्न थाले ।’

दीपिकाका अनुसार, ‘क्लस्ट्रोफोबिक एउटा यस्तो डर हो, जहाँ मान्छे आफूलाई सानो कोठामा बन्द भएको महशुश गर्छ । दीपिकाले यो भूमिका आफ्ना लागि भावानात्मक रुपमा पनि कठिन भएको बताइन् । एसिड पीडित एक किशोरीको बारेमा सोच्नु र उनको स्थानमा आफूलाई राख्नु सजिलो काम नभएको दीपिकाले बताइन् ।

दीपिकाले सन् २०१८ मा चलचित्र ‘छपाक’को काम सुरु गरेकीथिइन् । यो समयमा उनी र नायक रणवीर सिंहको बिहेको काम पनि चलिरहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

रोमान्टिक शैलीको “जाऊ हिँड पोखरा” सार्वजनिक

कालिका टाईम्स

क्युएफएक्स वीरगंजकाे पहिलो बार्षिकाेत्सवमा दर्शकलाई अफर

कालिका टाईम्स

“इनकार नाम गहवा माई” बोलको भोजपुरी गीत सार्वजनिक

कालिका टाईम्स
SQL requests:216. Generation time:6.354 sec. Memory consumption:82.55 mb