35.2 C
Birgunj
12 May 2025
KALIKATIMES.COM

‘मिस्टर लेले’मा वरुणसँग कियारा र भूमी

barun dhawan_kalikatimes

केही समयदेखि मिडियामा नायक वरुण धवनले नायिकाद्धय कियारा आडवाणी र भूमी पेडनेकरसँग चलचित्रमा काम गर्न लागेको चर्चा चलिरहेको छ । यो चलचित्रलाई शशांक खेतानले निर्माण गर्दैछन् । वरुणले शशांकसँग चलचित्र ‘बद्रीनाथ कि दुल्हनिया, हप्टी शर्मा की दुल्हनिया’ लगायतका चलचित्रमा काम गरिसकेका छन् ।

यी दुइ चलचित्रको बक्स अफिसमा राम्रो व्यापारसँगै शशांक फेरि एकपटक वरुणसँग काम गर्न अगाडि सरेका छन् । अब, मेकरले यो चलचित्रको नाम पनि फाइनल गरेका छन् । भारतीय पत्रिका मुम्बई मिररका अनुसार यो चलचित्रको नाम ‘मिस्टर लेले’ राखिएको छ ।

धेरै नाममा विचार गरेपछि निर्माताले यो नाम फाइनल गरेको भारतीय मिडियामा उल्लेख छ । यो चलचित्रको छायांकन आउँदो वर्षको मार्च महिनाबाट सुरु गर्ने योजना निर्माणपक्षको छ ।

पछिल्लो समयमा नायिकाद्धय कियारा र भूमीलाई दर्शकले निकै रुचाइरहेका छन् । वरुणको पनि आफ्नो क्रेज छ । यसैले, यी तिन कलाकारको उपस्थितीले चलचित्रलाई बलियो बनाउने विश्वास निर्माणपक्षको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

रोमान्टिक शैलीको “जाऊ हिँड पोखरा” सार्वजनिक

कालिका टाईम्स

क्युएफएक्स वीरगंजकाे पहिलो बार्षिकाेत्सवमा दर्शकलाई अफर

कालिका टाईम्स

“इनकार नाम गहवा माई” बोलको भोजपुरी गीत सार्वजनिक

कालिका टाईम्स
SQL requests:216. Generation time:5.260 sec. Memory consumption:82.55 mb