41.4 C
Birgunj
12 May 2025
KALIKATIMES.COM

‘रामायण’को प्रश्नमा ट्रोल भएपछि सोनाक्षीको यस्तो जवाफ

sonakxi sinha_kalikatimes

सामाजिक संजालका कारण अहिले साना–साना बिषयमा पनि कलाकारहरु ट्रोलको शिकार हुन थालेका छन् । सामान्य कुरा लेख्दा वा बोल्दा पनि कलाकारलाई ट्रोल बनाउन थालिएको छ । अहिले बलिउड नायिका सोनाक्षी सिन्हा यस्तै एउटा ट्रोलको शिकार भएकी छिन् । नायक अमिताभ बच्चनले संचालन गर्दै आएको ‘कौन बनेगा करोडपति’ शोमा पुगेकी सोनाक्षीले रामायण सम्बन्धी एक सामान्य प्रश्नको जवाफ दिन नसकेको भन्दै उनलाई ट्रोल बनाइएको छ ।

सोनाक्षीले ट्रोल अत्याधिक बनेपछि यसको जवाफ दिएकी छिन् । उनले ट्विटरमा ट्विट गर्दै लेखेकी छिन्–‘प्रिय, सक्रिय ट्रोलर्स । मलाई पाइथागोरसको साध्य, मर्चेन्ट अफ भेनिस, मुगल सल्नतनका कालक्रम लगायत धेरै कुरा याद छैन । यदि, तपाइको माझ अरु कुनै काम छैन भने कृपया यो बिषयमा पनि ट्रोल गर्नुहोला । मलाई मीम्स मनपर्छ ।’

‘कौन बनेगा करोडपति शोमा उनलाई ‘रामायणका अनुसार, हनुमानले कसका लागि संजिवनी बुटि लिएर आएका थिए ?’ सोनाक्षीले यसको जवाफ दिन नसकेपछि उनी ट्रोलको शिकार बनेकी हुन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

रोमान्टिक शैलीको “जाऊ हिँड पोखरा” सार्वजनिक

कालिका टाईम्स

क्युएफएक्स वीरगंजकाे पहिलो बार्षिकाेत्सवमा दर्शकलाई अफर

कालिका टाईम्स

“इनकार नाम गहवा माई” बोलको भोजपुरी गीत सार्वजनिक

कालिका टाईम्स
SQL requests:214. Generation time:4.656 sec. Memory consumption:82.53 mb