41.4 C
Birgunj
12 May 2025
KALIKATIMES.COM

हिट वन्दै ‘लुका छुप्पी’, ५ दिनमा ५५ करोड भारु कमायो

एजेन्सी, मुम्बई । बलिउड चलचित्र ‘लुका छुप्पी’ ले ५ दिनमा ५५ करोड भारु कमाएको छ । यो चलचित्रले विश्वव्यापी रूपमा यो रकम कमाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अभिनेता कार्तिक आर्यन र अभिनेत्री कृति सेननको मुख्य भूमिका रहेको यस चलचित्रले ‘लिव इन’ मा बसेर विवाह गर्ने निर्णय गरेपछिको घटनालाई प्रस्तुत गरेको छ । हास्यप्रधान यस चलचित्रमा कार्तिक र कृतिका बीच घट्ने विविध घटनाक्रमको सेरोफेरोलाई कलात्मक रुपमा उठान गरेको छ । लक्ष्मण उतेकरले निर्देशन गरेको यस चलचित्रले राम्रो सुरूवाती व्यापारसमेत गरेको छ ।

यसले चलचित्र रिलिजको पहिलो दिनमै ८.०१ करोड भारू कमाएको थियो । शनिबार १०.०८ करोड, आइतबार बिदाको दिन १४.०४, चौथो दिन ७.९० करोड, मंगलबार ५.०४ करोड कमाइ गरेको छ । यसरी भारतबाट कुल ४५.०७ करोड भारू कमाएको सिनेमाले बाँकी कमाइ भारतबाहिर गरेको हो ।

शिवरात्रीको अवसर पारेर प्रदर्शनमा आएको ‘लुका छुप्पी’ हिट भएपछि अभिनेत्री कृतिले सफलताका लागि धन्यवाद दिँदै प्रसाद समेत बाँडेकी थिइन् । मुम्बईस्थित एक शिव मन्दिर पुगेर उनले मन्दिर परिसरमा रहेका मानिसलाई प्रसाद बाँडेकी हुन् ।

अभिनेता कार्तिकसँग कृतिले जोडी बाँधेको यो चलचित्रले उनलाई सफलता दिलाएको भन्दै त्यसको खुसीयालीमा उनी मन्दिर पुगेको जनाइएको छ । कमाइसँगै उनले यस चलचित्रबाट आफ्नो कामको लागि निकै तारिफ पाएकी छन् । त्यस्तै, उनले यसअघि सिनेमाघरहरूमा पुगेर प्रशंसकलाई आश्चर्यमा पार्दै ‘लुका छुप्पी’ को टिकटसमेत बेच्न भ्याएकी थिइन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

रोमान्टिक शैलीको “जाऊ हिँड पोखरा” सार्वजनिक

कालिका टाईम्स

क्युएफएक्स वीरगंजकाे पहिलो बार्षिकाेत्सवमा दर्शकलाई अफर

कालिका टाईम्स

“इनकार नाम गहवा माई” बोलको भोजपुरी गीत सार्वजनिक

कालिका टाईम्स
SQL requests:214. Generation time:3.476 sec. Memory consumption:82.55 mb