41.4 C
Birgunj
12 May 2025
KALIKATIMES.COM

बलिउड अभिनेत्री कट्रिना कैफ उत्साहित

एजेन्सी, मुम्बई । चलचित्र ‘भारत’ मा बलिउड अभिनेता सलमान खानसँगै काम गर्दा आफू निकै उत्साहित भएको अभिनेत्री कट्रिना कैफ बताएकी छन् । सम्पूर्ण छायांकन सकिएको यो चलचित्रमा सलमानको जोडीको रुपमा अभिनेत्री कट्रिना देखिएकी छन् । उनले नै इन्स्टाग्राममा सलमानसँगको एक तस्बिर सार्वजनिक गर्दै भारतको छायांकन सकिएको जनाएकी हुन् ।

अभिनेत्री कट्रिनाले इन्स्टाग्राममा चलचित्रलाई लिएर आफू निकै उत्साहित भएको जनाएकी छन् । उनले लेखेकी छन्, ‘यो चलचित्र मेरो लागि पूर्ण नयाँ र उत्साहित चलचित्र बनेको छ । चलचित्रको निर्माणको सम्पूर्ण कुरा मेरो लागि प्रेरणादायी भएको छ ।’ उनले अली अब्बास जफर र सलमान खानलाई धन्यवाद दिएकी छन् ।

सलमानको मुख्य भूमिका रहेको ‘भारत’ यो वर्षको बहुप्रतिक्षित चलचित्र मध्येको एक हो । अली अब्बासले निर्देशन गरेको यो चलचित्र हिन्दी भाषामा मात्र नभएर अन्य तीन भाषामा डबिङ गरी रिलिज गर्ने तयारी भइरहेको निर्माण पक्षले जनाएको छ ।  इदको अवसर पारेर रिलिज गरिने यो चलचित्रलाई मलयालम, तामिल र तेलुगु भाषामा पनि डबिङ गरिने निर्माण पक्षले जानकारी दिएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

रोमान्टिक शैलीको “जाऊ हिँड पोखरा” सार्वजनिक

कालिका टाईम्स

क्युएफएक्स वीरगंजकाे पहिलो बार्षिकाेत्सवमा दर्शकलाई अफर

कालिका टाईम्स

“इनकार नाम गहवा माई” बोलको भोजपुरी गीत सार्वजनिक

कालिका टाईम्स
SQL requests:214. Generation time:5.658 sec. Memory consumption:82.55 mb