31.5 C
Birgunj
18 May 2025
KALIKATIMES.COM

ठाकुरराम क्याम्पसमा शिक्षकलाई कार्यकक्षमै थुनेर विद्यार्थीको विरोध

वीरगंज । वीरगंजस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा फर्जी भर्ना प्रकरणका कारण आक्रोशित विद्यार्थीहरूले क्याम्पस परिसरमा विरोध प्रदर्शन गर्दै क्याम्पस प्रमुखसहित केही शिक्षकलाई कार्यकक्षमै थुनेका छन् ।

लामो समयदेखि फर्जी भर्नासम्बन्धी गम्भीर आरोप लगाउँदै आएका विद्यार्थीहरूले प्रशासनले कुनै सुनुवाइ नगरेको भन्दै आजको प्रदर्शनमार्फत ती शिक्षक र क्याम्पस प्रमुखमाथि दबाब सिर्जना गर्न कार्यकक्षमै थुनेर विरोध जनाएका हुन् ।

विद्यार्थीहरूले क्याम्पस प्रशासनले हजारौँ रुपैयाँ असुलेर नक्कली कागजातको आधारमा केही विद्यार्थीलाई अवैध रूपमा भर्ना गरेको आरोप लगाएका छन् । पटक–पटक उजुरी र प्रमाण पेस गर्दा पनि छानबिन नहुँदा आफूहरू आन्दोलनमा उत्रिन बाध्य भएको उनीहरूको भनाइ छ ।

प्रदर्शनका क्रममा स्वतन्त्र युवा समूहका श्याम प्रसाद गुप्ता, समाजवादी विद्यार्थी युनियनका सागिर आलम र अखिल क्रान्तिकारीका अनिस पटेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसक्रममा थुनिएका क्याम्पस प्रमुखसहित केही शिक्षक तथा कर्मचारीलाई पछि प्रहरीले उद्धार गरेको जनाइएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

मुक्त हरवाचरवाको सवाल सम्बोधनका लागि बजेट पैरवी अभियान सुरु

कालिका टाईम्स

वीरगंजमा निःशुल्क आँखा, कान तथा नाकको स्वास्थ्य परीक्षण शिविर सम्पन्न

कालिका टाईम्स

अपराध र भ्रष्टाचारविरुद्ध नागरिक सचेत हुनुपर्नेमा जोड

कालिका टाईम्स
SQL requests:215. Generation time:5.748 sec. Memory consumption:82.4 mb