31.5 C
Birgunj
18 May 2025
KALIKATIMES.COM

अपराध र भ्रष्टाचारविरुद्ध नागरिक सचेत हुनुपर्नेमा जोड

ओमप्रकाश चौधरी/
सेढवा । मुख्यन्यायाधिवक्ता सुरेन्द्र कुमार महतोले समाजमा मौलाउँदै गएका अपराध र भ्रष्टाचारविरुद्ध नागरिक आफैं सचेत र जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन् । पर्साको जिराभवानी गाउँपालिकामा आयोजित ‘समुदायमा मुख्यन्यायाधिवक्ता संवाद कार्यक्रम’मा बोल्दै मुख्यन्यायाधिवक्ता महतोले वर्तमान संविधान र कानून नागरिककै प्रतिनिधित्वमा बनेको स्मरण गराउँदै कानूनभन्दा बाहिर गएर गरिने कुनै पनि कार्य आपराधिक हुने र त्यसलाई कानुनी कारबाहीको दायरामा ल्याउन नागरिक स्वयंले पनि भूमिका खेल्नुपर्ने बताए ।

उनले बालविवाह, दाइजो प्रथा, महिला हिंसा, छुवाछूत, भ्रष्टाचार र घूसप्रथाजस्ता सामाजिक कुरीति र आपराधिक गतिविधिहरू अझै पनि समुदायमा विद्यमान रहेको उल्लेख गर्दै यस्ता घटनालाई लुकाएर राख्नुको सट्टा न्यायालयसम्म पु¥याउनु नागरिकको दायित्व भएको प्रष्ट पारे ।

कार्यक्रममा सहभागी विद्यार्थी, शिक्षक, जनप्रतिनिधि तथा स्थानीय नागरिकहरूले समुदायमा भइरहेका आपराधिक गतिविधिहरूप्रति चासो व्यक्त गर्दै न्यायालयको प्रक्रिया, पहुँच र भूमिकासम्बन्धी विभिन्न जिज्ञासाहरू राखेका थिए । सहभागीहरूलाई न्यायप्रणाली, कानुनी अधिकार र दायित्वबारे जानकारी गराउँदै सरोकारवालाहरूले समृद्ध र न्याययुक्त समाज निर्माणमा सबैको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे ।

मधेश प्रदेश, जनकपुरधामस्थित मुख्यन्यायाधिवक्ताको कार्यालयको आयोजनामा र जिराभवानी गाउँपालिकाको सहआयोजनामा सम्पन्न उक्त कार्यक्रममा वीरगंज जेसिसको समन्वय रहेको थियो । कार्यक्रममा सहायक न्यायाधिवक्ता मनोहर लम्साल, प्रदेश कानूनी सहायता अधिकृत दिव्या सिंह र उपेन्द्र साह, सहायक रुबी कुमारी मेहता, कम्प्युटर अपरेटर चन्द्रदिय गोइत लगायतको सहजीकरण रहेको थियो ।

मुख्यन्यायाधिवक्ता महतोको अध्यक्षतामा भएको कार्यक्रममा जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरी, वडाध्यक्षहरू रामशरण ख्वास थारु, महादेव महतो थारु, सुरज राय थारु, दारा सिंह राउत लगायतको सहभागिता रहेको थियो ।

जिराभवानी गाउँपालिका वडा नं ३ स्थित विवाह मण्डपमा सम्पन्न कार्यक्रममा बीरगंज जेसिसका अध्यक्ष एवं गाउँपालिकाका बोर्ड सदस्य सरोज चौरसियाले स्वागत मन्तव्य दिएका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

मुक्त हरवाचरवाको सवाल सम्बोधनका लागि बजेट पैरवी अभियान सुरु

कालिका टाईम्स

वीरगंजमा निःशुल्क आँखा, कान तथा नाकको स्वास्थ्य परीक्षण शिविर सम्पन्न

कालिका टाईम्स

ठाकुरराम क्याम्पसमा शिक्षकलाई कार्यकक्षमै थुनेर विद्यार्थीको विरोध

कालिका टाईम्स
SQL requests:214. Generation time:6.620 sec. Memory consumption:82.4 mb