वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. २ भेडिहारीका ५० जनाकाे माेतिया बिन्दुका शल्यक्रिया (अप्रेशन) निशुल्क रुपमा सम्पन्न भएकाे छ ।
स्थानिय नेता माेहन प्रसाद चाैरसिया र उनकी श्रीमती वडा सदस्य ज्ञान्ती देवीले शनिबार आफ्ना गाउँका ५० जनाकाे माेतिया बिन्दु राेगकाे शल्यक्रिया गराएका हुन् । वीरगंज आँखा तथा दाँत अस्पतालमा सबै जना आँखाकाे शल्यक्रिया सफल भएकाे स्थानिय पृथ्वी चाैरसियाले जानकारी दिए । वीरगंज आँखा अस्पतालका डा. चन्दन बनर्जीले आँखाकाे शल्यक्रिया गरेका हुन् ।
उनका अनुसार दुबै जनाले आफ्नाे व्यतिगत लगानीमा गत बैशाख २९ गते आफ्नै गाउँ भेडिहारीमा निशुल्क आँखा शिविर आयाेजना गरेका थिए । साे शिविरमा स्थानिय ३ सय जनाले आ आफ्नाे आँखाकाे चेक जाँच गराएका थिए । जस मध्ये ७० जनामा माेतिया बिन्दु राेग फेला परेकाे थियाे । साेही मध्येका ५० जनाकाे शल्यक्रिया समेत सम्पन्न भएकाे हाे ।
लामाे समयमा देखी आँखाबाट राम्ररी देख्न नपाएकाहरुकाे आँखा बनेपछि खुशि भएकाे अर्का स्थानिय संजय साह कानुले वताए ।