वीरगंज । चलचित्र पत्रकार संघ नेपाल, पर्सा शाखाको नयाँ कार्यसमितिको पहिलो बैठक शनिवार सम्पन्न भएको छ । संघका अध्यक्ष सूर्यनारायण वि.क.को अध्यक्षतामा वीरगंज गेटवे होटलमा सम्पन्न बैठकमा संघको भावी योजना, कार्यक्रम तथा गतिविधिहरूको बारेमा छलफल गरिएको थियो ।
बैठकमा चलचित्र पत्रकारिताको सशक्तिकरण, सञ्चारमाध्यमबीच समन्वय, तथा चलचित्र क्षेत्रको विकासमा योगदान पु¥याउने उद्देश्यसहित विभिन्न कार्ययोजना प्रस्तुत गरिएको थियो ।
बैठकले संघको सबै कार्यसमितिका सदस्यहरूको परिचयपत्र बनाउने, संघको नाममा खाता सञ्चालन गर्ने, तथा पर्सा जिल्लाका १४ वटै स्थानीय तहहरूमा चलचित्रमार्फत पर्यटन प्रवद्र्धन तथा कला, भाषा र साहित्यको संरक्षण’ शीर्षकमा नीति तथा कार्यक्रम र बजेट विनियोजनका लागि पहल गर्न ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ ।
त्यसैगरी, यही जेठ ६ गतेदेखि ९ गतेसम्म इलाममा हुने २६औं वार्षिकोत्सव, दोस्रो राष्ट्रिय भेला, सिनेमा संवाद तथा बृहत कार्यशालामा पर्सा शाखाबाट अध्यक्ष सूर्यनारायण वि.क., उपाध्यक्ष आनन्द पटेल र सचिव रन्जित यादवलाई प्रतिनिधिका रूपमा पठाउने निर्णय पनि गरिएको छ ।
कार्यक्रममा निवर्तमान अध्यक्ष निलिमा पौडेलले संघलाई अझ सक्रिय बनाउँदै त्यसका गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिइन् ।
अन्त्यमा, बैठकले पहिलो कार्यकालका अध्यक्षसहित सम्पूर्ण पदाधिकारी र सदस्यहरूप्रति धन्यवाद व्यक्त गर्नुका साथै अधिवेशनलाई सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेको सचिव रन्जित यादवले जानकारी दिए ।