वीरगंज । पर्साकाे पर्सागढी नगरपालिकाकाे प्रमुख प्रशासकिय अधिकृतमा उप सचिव राजु प्रसाद साहकाे सरुवा भएकाे छ । जिल्ला समन्वय समिति कार्यालय बाराकाे समन्वय अधिकारीमा कार्यरत साहकाे बिहिबार पर्सागढी नगरपालिकामा सरुवा भएकाे हाे ।
यस अघि पर्सागढी नगरपालिकाकाे प्रमुख प्रशासकिय अधिकृतमा हरिकिशाेर प्रसाद चन्द्रबंशी कार्यरत थिए ।
यसगरी बहुदरमाई नगरपालिकाकाे निमित प्रमुख प्रशासकिय अधिकृतकाे जिम्मेवारी अजय प्रसाद श्रीवास्तवले पाएका छन् । केही समयदेखि प्रमुख प्रशासकिय अधिकृत विहिन रहेका बहुदरमाई नगरपालिकाकाे आर्थिक तथा प्रशासनिक जिम्मेवारी अधिकृत श्रीवास्तवले पाएका हुन् ।
संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयले बहिबार बहुदरमाई नगरपालिकामा कार्यरत वरिष्ठ कर्मचारी अधिकृत साताै तहका श्रीवास्तवलाई नगरपालिकाका आर्थिक तथा प्रशासनिक कार्य गर्ने गरी जिम्मेवारी दिएको हाे ।