35.1 C
Birgunj
15 May 2025
KALIKATIMES.COM

वीरगंजमा तनाव व्यवस्थापन कार्यक्रम सम्पन्न

वीरगंज । वीरगंजमा तनाव व्यवस्थापन कार्यक्रम सम्पन्न भएकाे छ । वडा प्रहरी कार्यालय बिर्ता र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा, तथा जैनस्वेताम्बर तेरापन्थी सभा वीरगंजकाे सहयोगमा कार्यक्रम सम्पन्न भएकाे हाे ।

वीरगंज महानगरपालिका–१० स्थित जैन हलको प्राङ्गणमा भएकाे कार्यक्रममा वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाई र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्र.नि. लोकराज भट्ट सहित अन्य प्रहरी अधिकृत तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रमको प्रमुख आकर्षण जैन धर्मगुरुहरूको मार्गदर्शनमा तनाव व्यवस्थापनसम्बन्धी व्याख्यान तथा अभ्यास रहेको थियो । धर्मगुरुहरूले प्रहरीजस्तो जिम्मेवार पेशामा कार्यरत व्यक्तिहरूले भोग्ने दैनिक कार्यदबाब, पारिवारिक जिम्मेवारी, सामाजिक अपेक्षा र ड्युटीको मानसिक दबाबलाई कसरी सकारात्मक ढंगले व्यवस्थापन गर्न सकिन्छ भन्नेबारे गहिरो मार्गदर्शन प्रदान गरे ।

कार्यक्रममा सहभागी प्रहरी कर्मचारीहरूले यस्तो मानसिक स्वास्थ्य केन्द्रित कार्यक्रम अत्यन्त उपयोगी भएको प्रतिक्रिया दिएका छन् । उनीहरूले यस्ता कार्यक्रमहरू भविष्यमा पनि निरन्तर रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रमको अन्त्यमा आयोजक प्रहरी इकाइहरूले जैन समाजप्रति आभार प्रकट गर्दै, यस्ता कार्यक्रमहरूले प्रहरी संगठनभित्र दीर्घकालीन मानसिक सशक्तिकरण र मनोबल वृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा ‘देवी’ वृत्तचित्रको विशेष प्रदर्शनी सम्पन्न

न्युज डेस्क

नेशनल मेडिकल कलेजद्वारा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, २०८ जनाले गराए स्वास्थ्य परीक्षण

न्युज डेस्क

धाेबिनीमा आगलागी, एक घर र १२ वटा बाख्रा जल्याे

कालिका टाईम्स
SQL requests:216. Generation time:5.702 sec. Memory consumption:82.44 mb