42.8 C
Birgunj
14 May 2025
KALIKATIMES.COM

धाेबिनीमा आगलागी, एक घर र १२ वटा बाख्रा जल्याे

वीरगंज । पर्सा जिल्लाको धोबीनी गाउँपालिका–५, सानो धोबीनीमा बुधबार दिउसाे भीषण आगलागी भएको छ । आगलागीमा परी स्थानिय धाेबी मियाँकाे घर पूर्ण रूपमा जलेर नष्ट भएको छ ।

अगलागीमा एक घर पूर्ण रुपले जलेर नष्ट हुनुकाे साथै घरभित्र रहेका १२ वटा बाख्रा, १२ क्विन्टल धान लगायतकाे सामग्री पनि जलेकाे इलाका प्रहरी कार्यालय लंगडीका प्रहरी नायब निरिक्षक ज्याेति प्रकाश कार्कीले जानकारी दिए ।

स्थानीयका अनुसार आगलागीको कारण अझै स्पष्ट हुन सकेको छैन । यद्यपि, विद्युत सर्ट सर्किट वा चुलोबाट आगो सल्किएको हुन सक्ने आशंका गरिएको छ । आगोको तीव्रता यति धेरै थियो कि स्थानीय बासिन्दाले पानी र बाल्टीको सहायताले निभाउने प्रयास गरे पनि घरलाई बचाउन सकेनन् ।

आगलागीबाट भएको क्षतिको प्रारम्भिक अनुमान अनुसार लाखौं रुपैयाँ बराबरको क्षति भएको छ । जलेको घरसँगै घरभित्र राखिएका अन्नपात, लत्ताकपडा, भाँडाकुडा लगायत दैनिक उपभोग्य वस्तुहरू पूर्ण रूपमा जलेका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

जगरनाथपुर ५ मा नवनिर्मित वडा कार्यालय भवनकाे उद्घाटन

कालिका टाईम्स

वीरगंज महानगर प्रहरीद्वारा आदर्शनगर रंगशालामा वृक्षारोपण, हरियाली प्रवर्द्धनमा जोड

कालिका टाईम्स

दाइजोको डरले बालकैमा बिहे, दाइजोविरुद्धका अभियानले नछोएको समाज

न्युज डेस्क
SQL requests:220. Generation time:6.572 sec. Memory consumption:82.43 mb