35.2 C
Birgunj
12 May 2025
KALIKATIMES.COM

मन्त्री यादवले गरे कलैया ८ मा खानेपानी आयोजनाको उद्घाटन

बारा। बाराको कलैया उपमहानगरपालिका–८ स्थित खपरताता खानेपानी आयोजना सोमबारदेखि विधिवत रूपमा सञ्चालनमा आएको छ। खानेपानी मन्त्री प्रदीप यादवले एक औपचारिक समारोहबीच आयोजनाको उद्घाटन गर्दै सेवा शुभारम्भ गरेका हुन्।

नेपाल सरकारको संघीय तथा प्रदेश सरकारको करिब ३ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिएको यो आयोजना सोमबार नेपाल खानेपानी संस्थानले उपभोक्ता समितिबाट स्वामित्व ग्रहण गरेपछि सञ्चालनमा आएको हो।

उद्घाटन समारोह कलैया–८ का वडा अध्यक्ष रञ्जित चौरसियाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथि मन्त्री यादवसँगै जसपाका केन्द्रिय कार्यकारिणी सदस्य प्रमोद गुप्ता, पूर्व प्रदेशसभा सदस्य पारस साह, जसपा बाराका जिल्ला अध्यक्ष अजय पटेल, भूमि समस्या समाधान आयोग पर्साका अध्यक्ष तबरेज अहमद, संघीय परिषद सदस्य असलम आलम लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

कलैया उपमहानगरपालिका ‘पूर्ण खोप सुनिश्चितता’ भएको पालिका घोषणा

न्युज डेस्क

मिस्टर नेसनल २०२५ मा अजहर आलमको दोहोरो विजयी यात्रा

न्युज डेस्क

अर्थविद् डा. मनोज सरार्फ जनमत पार्टीमा प्रवेश

न्युज डेस्क
SQL requests:213. Generation time:8.404 sec. Memory consumption:82.4 mb