वीरगंज। वीरगंज महानगरपालिका–८ निवासी अर्थविद् डा. मनोज कुमार सरार्फ आज एक विशेष कार्यक्रमका बीच जनमत पार्टीमा प्रवेश गरेका छन्।
अर्थशास्त्रमा विद्यावारिधि (PhD) तथा कृषि विज्ञानमा स्नातक डिग्री हासिल गरेका डा. सरार्फले विगत २५ वर्षदेखि प्लान इन्टरनेसनल, स्ट्रीट चाइल्ड अफ नेपाल लगायतका प्रतिष्ठित अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूमा उच्च पदमा रही समाजसेवामा योगदान पुर्याउँदै आएका छन्।
जनमत पार्टी पर्सा जिल्ला कार्यालयमा आयोजित कार्यक्रममा पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फले डा. सरार्फलाई पार्टीको सदस्यता प्रदान गर्दै स्वागत गरे।
कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य रम्भा मिश्र, प्रदेश सदस्यहरू बृजेश्वर प्रसाद चौधरी र राजनारायण मिश्र, महानगर अध्यक्ष महादेव शर्मा, साथै नेताहरू रामजी रौनियार, गगनदेव यादव, ध्रुप महतो, हिरालाल राम, कृष्ण कुशवाहा लगायतको उपस्थिति थियो।