वीरगंज। अनेरास्ववियु वीरगञ्ज महानगरपालिका समिति अन्तर्गत दोस्रो अधिवेशन हालै सम्पन्न भएको छ। अधिवेशनले क. आशिफ अहमदको नेतृत्वमा २१ सदस्यीय नयाँ महानगर कमिटीको पूर्ण गठन गरेको छ।
नवगठित कमिटीमा उपाध्यक्षमा क. सुजित मण्डल र क. तुफैर अन्सारी, सचिवमा क. अभिषेक मिश्र, सह–सचिवमा क. अंकित श्रीवास्तव र कोषाध्यक्षमा क. सुशमा चौधरी चयन भएका छन्।
त्यस्तै, सदस्यहरूमा क. शनि गिरि, विशाल गुप्ता, कुवेर थापा, साहिल सराफ, विकास यादव, उदय महतो, अमान अन्सारी, नितु सोनी, जेयाद अन्सारी, साहिल अन्सारी, कृष्ण मण्डल, विवेक गिरि, मधु राम, खुशबु यादव र रिमा यादव रहेका छन्। सबै पदाधिकारी तथा सदस्यहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।
साथै, अधिवेशनपश्चात सम्पन्न पहिलो बैठकले छिटो जिल्ला अधिवेशन गर्ने र त्यसका लागि केन्द्रमा प्रतिनिधि पठाउने निर्णय गरेको छ।
बैठकले वीरगञ्ज महानगरभित्रका सबै ३२ वटा वडामा संगठन विस्तार गर्ने तथा आउँदो जेष्ठ ३ गते १६औं जिल्ला अधिवेशन आयोजना गर्ने तयारीसम्बन्धी छलफल समेत सम्पन्न गरेको छ।