28.5 C
Birgunj
17 May 2025
KALIKATIMES.COM

खेलकुद सचिव गुप्ताद्वारा सिमरा रंगशालाको अवलोकन

वीरगंज। मधेस प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्यसचिव शिवजी गुप्ताले सोमबार सिमरा रंगशालाको अवलोकन गरेका छन् । प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा हालै नियुक्त भएका गुप्ताले पहिलोपटक औपचारिकरुपमा सिमरा रंगशालाको अवलोकन गरेका हुन् ।

अवलोकनका क्रममा गुप्ताले मधेशमा खेलकुदको विकासका लागि पूर्वाधार निर्माणलाई गति दिने बताएका छन् । मधेशमा रहेका खेलकुद पूर्वाधारको अवलोकन गर्ने र आवश्यकता अनुसारको पूर्वाधार निर्माणमा आफूले काम गर्ने गुप्ताले बताए ।
मधेश प्रदेशकै सुविधासम्पन्न रंगशालाको रुपमा निर्माण हुँदै गरेको सिमरा रंगशालाको पूर्वाधार निर्माणमा प्रदेश खेलकुद परिषद्ले सहयोग गर्ने गुप्ताको भनाई थियो ।

गुप्तालाई सिमरा रंगशालामा जिल्ला खेलकुद विकास समिति बाराका प्रमुख हेमलाल श्रेष्ठ, बारा जिल्ला फूटबल संघका अध्यक्ष रामचन्द्र लामा, नेपाल तेक्वान्दो संघ मधेश प्रदेशका महासचिव राजकुमार लामा, नव जनजागृति युवा क्लबका सल्लाहकार धर्मबहादुर श्रेष्ठ, नेकपा एमाले बाराकी उपसचिव भावना आचार्य, जिल्ला सदस्य रमेश खरेल, जीतपुरसिमरा नगर कमिटी अध्यक्ष त्रिलोक बिक्रम शाह लगायत उपस्थित थिए । गुप्ताले यसअघि नारायणी रंगशालाको अवलोकन गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सागढीकाे प्रप्र अधिकृतमा साह र बहुदरमाईमा श्रीवास्तव

कालिका टाईम्स

वीरगंजमा ‘देवी’ वृत्तचित्रको विशेष प्रदर्शनी सम्पन्न

न्युज डेस्क

नेशनल मेडिकल कलेजद्वारा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, २०८ जनाले गराए स्वास्थ्य परीक्षण

न्युज डेस्क
SQL requests:216. Generation time:14.677 sec. Memory consumption:82.45 mb