35.2 C
Birgunj
12 May 2025
KALIKATIMES.COM

वीरगंजमा मनाइयो विश्व नर्सिङ् दिवस, नारायणी अस्पतालमा फलफूल वितरण

वीरगंज । २०५औं अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा नेपाल नर्सिङ संघ पर्साले नारायणी अस्पतालमा फलफुल वितरण गरेको छ । बिरामीहरूप्रति स्नेह र सेवा भाव प्रकट गर्दै संघले अस्पतालका विभिन्न वडामा रहेका बिरामीलाई फलफुल प्रदान गरिएको हो ।

कार्यक्रममा दीप प्रज्वलनसहित सुरु गरिएको कार्यक्रममा प्रसुती वार्ड, सर्जिकल वार्ड र पीआईसीयू वार्डमा रहेका ६० भन्दा बढी बिरामीहरूलाई फलफुल वितरण गरिएको संघकी अध्यक्ष डा. कल्पना पौडेलले जानकारी दिइन् ।

डा. पौडेलको अध्यक्षतामा तथा नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासको प्रमुख उपस्थितीमा सम्पन्न भएको थियो । कार्यक्रममा वीरगंज–४ का वडाध्यक्ष जगदीश प्रसाद साह, अस्पतालका नर्सहरू हेमा थापा, श्रुति साह, रामनरेश कुशवाहा, पशुपति जयसवाल, कमला ढकाल, शर्मिला महर्जन, शुभद्रा चौधरी, रुबी साह लगायतको सक्रिय सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

कलैया उपमहानगरपालिका ‘पूर्ण खोप सुनिश्चितता’ भएको पालिका घोषणा

न्युज डेस्क

मन्त्री यादवले गरे कलैया ८ मा खानेपानी आयोजनाको उद्घाटन

न्युज डेस्क

मिस्टर नेसनल २०२५ मा अजहर आलमको दोहोरो विजयी यात्रा

न्युज डेस्क
SQL requests:213. Generation time:5.904 sec. Memory consumption:82.39 mb