11 May 2025
KALIKATIMES.COM

प्रेस सेन्टर पर्साद्वारा सिडिओलाई ज्ञापन

वीरगंज । प्रेस सेन्टर नेपाल पर्सा जिल्ला समितिले प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति गराउन माग गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी गणेश आर्यललाई ज्ञापनपत्र बुझाएको छ । सञ्चार माध्यम तथा सञ्चारकर्मीहरूमाथि भइरहेका निरन्तर आक्रमण, दमन र हस्तक्षेपको विरोध गर्दै प्रेस सेन्टर नेपालको केन्द्रीय निर्देशनअनुसार प्रमुख जिल्ला अधिकारी अर्याललाई ज्ञापन पत्र बुझाइएको हो ।

पत्रकारहरूमाथि भइरहेको दमन, डर, धाकधम्की र अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने प्रयासप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सरकारलाई जिम्मेवार व्यवहार गर्न ज्ञापन पत्रमार्फत आग्रह गरिएको प्रेस सेन्टर पर्साका अध्यक्ष शिवनाथ यादवले बताए ।

अध्यक्ष यादवको नेतृत्वमा गएको टोलीले ज्ञापनपत्रमार्फत सञ्चारकर्मीहरूको सुरक्षा सुनिश्चित, प्रेस स्वतन्त्रताको सम्मान तथा अभिव्यक्ति स्वतन्त्रतालाई संविधानअनुसार संरक्षण गर्न प्रभावकारी कदम चाल्न माग गरिएको छ ।

सो अवसरमा उपाध्यक्ष समिना रंजितकार, कोषाध्यक्ष संजित गुप्ता, सह–सचिव विदुर गौतम, पत्रकार सन्तोष कुशवाहा, रितेश झा, अशोक श्रीवास्तव, भरत सर्राफ लगायतको उपस्थिति रहेको सचिव अजित भुजेलले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

बुद्ध जयन्तीको अवसरमा भिस्वा डाँडामा सरसफाई

कालिका टाईम्स

नयाँ लुगा किनिदिने प्रलोभनमा पारी नाबालिकालाई यौनधन्दामा लगाउने महिला वीरगंजबाट पक्राउ

कालिका टाईम्स

राजर्षि जनक विश्वविद्यालयअन्तर्गत स्नातक तहको परीक्षा, वीरगंजका चार कलेजका विद्यार्थी सहभागी

कालिका टाईम्स
SQL requests:214. Generation time:5.132 sec. Memory consumption:82.4 mb