वीरगंज। नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासङ्घको महासचिवमा मेजर शमशेर कुँवर (महेश) निर्वाचित भएका छन् ।
काठमाडौँमा सम्पन्न छैटौँ साधारण सभा तथा तेस्रो अधिवेशनले सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेसँगै महासचिवमा कुँवर निर्वाचित भएका हुन् ।
नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासङ्घ अध्यक्षमा उमाकान्त शर्मा, वरिष्ठ उपाध्यक्षमा सुरेश खत्री, प्रथम उपाध्यक्षमा वसन्तप्रसाद भुसाल, द्वितीय उपाध्यक्षमा सुनिल थापा, तृतीय उपाध्यक्षमा जयबहादुर साउद उपमहासचिवमा यादवलाल श्रेष्ठ, सचिवमा निश्चल पोखरेल, शेरबहादुर कुँवर, कोषाध्यक्षमा खिन्तबहादुर भण्डारी (भरत) र सह कोषाध्यक्षमा दानबहादुर बोगटी निर्वाचित भएका छन् ।
त्यसैगरी बागमती प्रदेश प्रमुखमा प्रभुराम श्रेष्ठ, गण्डकी प्रमुखमा अमृत घिमिरे, लुम्बिनी प्रदेश संयोजकमा चक्रपाणि शर्मा, सुदूरपश्चिम प्रदेश प्रमुखमा लोकबहादुर बलायर निर्वाचित भएका छन् ।