10 May 2025
KALIKATIMES.COM

वीरगंजबाट भारत लैजाँदै गरेकी युवतीको उद्धार, मानव बेचबिखनमा संलग्न युवक पक्राउ

वीरगंज। जिल्ला प्रहरी कार्यालय पर्साले मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न एक व्यक्तिलाई पक्राउ गरेको छ । वीरगंज महानगरपालिका–१६ स्थित शंकराचार्य गेट सडकखण्डमा चेकजाँचका क्रममा भारत लैजाँदै गरिएकी एक युवतीको उद्धार गरिएको हो ।

प्रहरी नायब उपरीक्षक तथा पर्सा प्रहरीका प्रवक्ता सुवास भट्टका अनुसार, वैशाख १७ गते साँझ करिब ७ बजे प्रहरी चौकी ईनर्वाबाट खटिएको चेकिङ टोलीले भारततर्फ जान लागेको एक पुरुष र एक युवतीलाई रोकेको थियो । प्रारम्भिक सोधपुछका क्रममा अवस्था शंकास्पद देखिएकोले दुवैजनालाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको थियो ।

अनुसन्धानमा खुले अनुसार, सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका–१ निवासी २९ वर्षीय सुजन लामा उर्फ पासाङ तामाङले युवतीलाई वीरगंज नजिकैको कपडा कारखानामा राम्रो कामको प्रलोभन देखाउँदै भारत लैजाँदै गरेको पुष्टि भएको प्रहरीले जनाएको छ । उक्त कार्य मानव बेचबिखन गर्ने उद्देश्यले भएको हुनसक्ने देखिएपछि तामाङलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको छ ।

पक्राउ परेका तामाङमाथि मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ बमोजिमको कसूरमा सात दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता भट्टले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:7.671 sec. Memory consumption:82.42 mb