12 May 2025
KALIKATIMES.COM

सूचना प्रविधिको अभियानलाई सशक्त बनाउन वीरगंजमा प्रभातफेरी

वीरगंज। राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८२ को अवसरमा “सूचना प्रविधिको अभियान, डिजिटल नेपालको निर्माण” भन्ने नारासहित वीरगञ्जमा प्रभातफेरी कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कम्प्युटर एसोसिएसन महासंघ, पर्साको आयोजनामा तथा डायनामिक टेक्नोसफ्नको प्रायोजनमा आयोजित उक्त प्रभातफेरीले डिजिटल नेपाल अभियानप्रति जनचेतना जगाउने उद्देश्य राखेको थियो।

घण्टाघर चौकबाट सुरु भएको प्रभातफेरीले वीरगञ्जका माईस्थान, महाविरस्थान, अलखियामठ, आदर्शनगर लगायत मुख्य स्थानहरूमा परिक्रमा गर्‍यो। सहभागीहरूले डिजिटल पहुँच, साइबर सुरक्षा र प्रविधिमा नवप्रवर्तनका सन्देश बोकेका प्लेकार्ड र ब्यानरसहित सहभागिता जनाएका थिए।

कार्यक्रममा कम्प्युटर एसोसिएसन महासंघ, पर्साका अध्यक्ष सन्जय सक्सेनाको अध्यक्षतामा सूचना प्रविधि क्षेत्रका व्यवसायी, सनलाइट कलेजका विद्यार्थी, शिक्षक, सरकारी तथा निजी क्षेत्रका प्रतिनिधि, सञ्चारकर्मी र सामाजिक अभियन्ताहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

सचिव राहुल साहका अनुसार कार्यक्रमको मूल उद्देश्य डिजिटल साक्षरताको स्तर अभिवृद्धि गर्दै प्रविधिको प्रयोगलाई व्यवहारिक रूपमा विस्तार गर्नु हो। “सूचना प्रविधिको विकासमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ, त्यसैले यस्तो अभियानले युवामा प्रविधिप्रतिको चासो र जिम्मेवारी बढाउने विश्वास लिएको छ,” सचिव साहले बताए।

यसैक्रममा, एसोसिएसनका अध्यक्ष सन्जय सक्सेनाले प्रविधिमैत्री सोचले मात्र समृद्ध नेपाल सम्भव हुने उल्लेख गर्दै सबै पक्षको सहकार्य अपरिहार्य भएको धारणा राखे।

प्रभातफेरीमा क्यान महासंघका केन्द्रिय सचिव दिपक साह, मधेश प्रदेश सदस्य आलोक चौरसिया, पर्सा जिल्ला उपाध्यक्ष गणेश सर्राफ लगायतको विशेष उपस्थिति रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

बुद्ध जयन्तीको अवसरमा भिस्वा डाँडामा सरसफाई

कालिका टाईम्स

प्रेस सेन्टर पर्साद्वारा सिडिओलाई ज्ञापन

कालिका टाईम्स

नयाँ लुगा किनिदिने प्रलोभनमा पारी नाबालिकालाई यौनधन्दामा लगाउने महिला वीरगंजबाट पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:4.197 sec. Memory consumption:82.41 mb