12 May 2025
KALIKATIMES.COM

पर्सामा दलित समुदाय लक्षित ३० दिने शिक्षा जागरण अभियान सुरु हुने

वीरगंज । दलित समुदायको शैक्षिक पहुँच विस्तार गर्ने उद्देश्यले पर्सा जिल्लामा ‘३० दिने घरदैलो शिक्षा जागरण अभियान–२०८२’ सञ्चालन गर्ने तयारी गरिएको छ । पिसफोर दलितस फाउन्डेसन नेपालको आयोजनामा आगामी बैशाख २० गते शनिबार देखि यो अभियान सञ्चालन गर्ने तयारी गरिएको हो ।

दलित बालबालिकालाई विद्यालयमा भर्ना गराउने, विद्यालयमा निरन्तरता र टिकाउपन कायम गर्ने, उतिर्ण दरमा वृद्धि ल्याउने, अभिभावकहरूलाई शिक्षाको महत्त्वमा जागरूक गराउने तथा गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको फाउण्डेशनका अध्यक्ष मनोज रामले बताए । उनकाअनुसार अभियान अन्तर्गत दलित बस्ती–बस्तीमा स्वयंसेवकको टोली खटाईनेछ जसले समुदायमा शैक्षिक सन्देश प्रवाह गर्नुका साथै अभिभावक, बालबालिका र विद्यार्थीहरूसँग प्रत्यक्ष संवाद र छलफल गर्नेछन् ।

दलित सामाजिक अभियान्ता मनोज रामका अनुसार, अभियानमा ६० जना दलित शिक्षा स्वयंसेवक परिचालित गरिनेछ । उनीहरुले पर्सा जिल्लाका सम्पूर्ण गाउँहरूमा पुगेर शिक्षा सम्बन्धी घरदैलो जागरण कार्यमा सहयोग गर्ने उनले बताए । अभियान अन्तर्गत सामुदायिक ट्युसन केन्द्रको अवधारणा पनि ल्याइने तयारी छ । यसले गुणस्तरीय सिकाइलाई सशक्त बनाउने उनको विश्वास छ । साथै, दलित विद्यार्थी समाज तथा दलित अभिभावक संघ गठन गरी उनीहरुलाई शैक्षिक जागरुप बनाएर अभियान सञ्चालनमा हातेमालो गराउने योजना रहेको छ ।

शिक्षामा प्रोत्साहन स्वरूप उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पुरस्कार तथा शैक्षिक सामग्री (कापी, कलम, झोला आदि) वितरण गरिनेछ । अभिभावकहरूका लागि छुट्टै शिक्षा कक्षा सञ्चालन गरी उनीहरूलाई पनि शैक्षिक प्रक्रियामा सक्रिय बनाउन पहल गरिने उनले बताए ।

अभियानको दौरान पर्सा जिल्लाका निर्वाचित दलित जनप्रतिनिधिहरूसँग पनि अन्तरक्रिया गरिने र समन्वय गरिने आयोजक पक्षले जनाएको छ । “सबैका लागि शिक्षा, सबै दलितका लागि शिक्षा” भन्ने नारासहित अगाडि बढाइएको यो अभियानले पर्सा जिल्लामा दलित समुदायको शिक्षामा ऐतिहासिक योगदान पु-याउने विश्वास गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

बुद्ध जयन्तीको अवसरमा भिस्वा डाँडामा सरसफाई

कालिका टाईम्स

प्रेस सेन्टर पर्साद्वारा सिडिओलाई ज्ञापन

कालिका टाईम्स

नयाँ लुगा किनिदिने प्रलोभनमा पारी नाबालिकालाई यौनधन्दामा लगाउने महिला वीरगंजबाट पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:4.778 sec. Memory consumption:82.43 mb