42.8 C
Birgunj
14 May 2025
KALIKATIMES.COM

राखेप सदस्य तथा तेक्वान्दो मेडलिस्ट बस्याललाई वीरगंजमा सम्मान

वीरगंज । पहिलो पटक वीरगंज आएकी तेक्वान्दोको मेडलिस्ट एवम् राष्ट्रिय खेलकुद परिषद् (राखेप) की बोर्ड सदस्य नन्दा बस्याललाई सम्मान गरिएको छ ।

जिल्ला खेलकुद विकास समिति पर्साको परिसरमा बुधवार एक कार्यक्रमका बीच बस्याललाई मायाको चिनो, दोसल्ला र बुकीसहित सम्मान गरिएको हो । तेक्वान्दो संघ जिल्ला कार्यसमिति पर्साका अध्यक्ष गणेशमान श्रेष्ठको अध्यक्षतामा भएको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै बस्यालले खेलले महिला सशक्तीकरणमा सघाउ पुग्ने विश्वास व्यक्त गरिन् ।

मधेशमा महिलाहरु पछाडी पारिएका हुन्छन् भन्ने भाष्यलाई चिर्नका लागि पनि सबै छोरीहरुले तेक्वान्दो, कराते, जुडो जस्ता खेलकुद गतिविधिमा सरिक हुनुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा पर्सा जिल्ला खेलकुद विकास समितिका प्रमुख नाजिर हुसैन, पर्साका एथ्लेटिक्स प्रशिक्षक बिश्वेश्वर पटेल, पर्सा जुडो प्रशिक्षक पृथ्वी आलोक कुशवाह, प्रशिक्षक राजकुमार महतो, मञ्जिर हवारी, बिक्रान्त डंगोल, दिपेश मानन्धर लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

धाेबिनीमा आगलागी, एक घर र १२ वटा बाख्रा जल्याे

कालिका टाईम्स

जगरनाथपुर ५ मा नवनिर्मित वडा कार्यालय भवनकाे उद्घाटन

कालिका टाईम्स

वीरगंज महानगर प्रहरीद्वारा आदर्शनगर रंगशालामा वृक्षारोपण, हरियाली प्रवर्द्धनमा जोड

कालिका टाईम्स
SQL requests:215. Generation time:5.567 sec. Memory consumption:82.43 mb