30 C
Birgunj
9 May 2025
KALIKATIMES.COM

३५ दिनभित्र वीरगंज चिनी कारखाना क्षेत्रका घर टहरा नहटाए कारवाही गर्ने चेतावनी

वीरगंज। वीरगंज चिनी कारखाना क्षेत्रका घर टहरा हटाउन उच्च सरकारी वकिलको कार्यालय वीरगंजले अनुरोध गरेको छ ।

कार्यालयका सहन्याधिवक्ता कोष हरि निरौलाले आईतवार निकालेको सूचनामार्फत वीरगंज महानगरपालिका वडा नम्बर १४ स्थित साबिकको वीरगंज चिनी कारखानाको कित्ता नम्बर १३२३ को जग्गामा रहेका घरटहराहरू ३५ दिनभित्र खाली गर्न अनुरोध गरिएको छ ।

नेपाल सरकार, मन्त्रिपरिषदको २०७९ वैशाख २५ गतेको निर्णय अनुसार उक्त जग्गा उच्च सरकारी वकिल कार्यालय, वीरगंज र मातहतको जिल्ला सरकारी वकिल कार्यालय, पर्साको संयुक्त नाममा हस्तान्तरण भएको उल्लेख छ ।

उक्त जग्गामा रहेका घरटहराहरूमा हाल पनि केही व्यक्तिहरू बसोबास गरिरहेको देखिएको र कार्यालय भवन निर्माणका लागि संरचनात्मक डिजाइन, नक्सा र लागत अनुमान तयारीको प्रक्रिया तत्काल सुरु गर्नुपर्ने भएकाले यी घरटहराहरू हटाउनुपर्ने सूचनामा उल्लेख छ ।

कार्यालयले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र घरटहरा खाली गरी सहयोग गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ । अन्यथा, कानून बमोजिम थप कारबाही गरी जग्गा खाली गराइने चेतावनी पनि दिइएको छ ।

तत्कालिन वीरगंज चिनी कारखाना हाल खारेज भइसकेको छ । साबिकको मजडिहा पिप्रा वडा नम्बर २ स्थित कित्ता नम्बर ११३१ हाल वीरगंज महानगरपालिका वडा नम्बर १४ अन्तर्गत कित्ता नम्बर १३२३ कायम भएको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:6.561 sec. Memory consumption:82.42 mb