वीरगंज। वीरगंज महानगरपालिका वडा नम्बर ५ कुम्हालटोलमा चार कोठे छात्रावासको शिलान्यास गरिएको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष प्रदीप कुमार चौरसियाले आदर्श थारु छात्राबासको चार कोठे भवनको मंगलवार शिलान्यास गरेका हुन् । वडाअध्यक्ष चौरसियाकै पहलमा मधेश प्रदेश सरकारको ४५ लाखको लागतमा भवन निर्माण कार्यको थालनी गरिएको हो ।
भवनको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै वडाअध्यक्ष चौरसियाले भवन निर्माण भएसँगै छात्राबासमा बस्नेहरुलाई सहज हुने विश्वास व्यक्त गरेका छन् । साथै उनले आगामी वर्षमा पनि थप बजेटको पहल गरी अझै व्यवस्थित बनाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
सो अवसरमा वडा नम्बर ५ का वडा सदस्यहरु रुस्तम अली, मनोज साह, सञ्जु दहाल, मञ्जु परियार, समाजसेवी मोती जी, नविन न्यौपाने, आदर्श थारु छात्राबासका कोषाध्यक्ष हृदयनारायण चौधरी, सदस्य जयनारायण चौधरी, उपभोक्ता समितिका अध्यक्ष सुवोध कुमार वर्णवाल लगायतको उपस्थिती रहेको थियो ।