30 C
Birgunj
9 May 2025
KALIKATIMES.COM

सरुवा भईसकेका नासु दहालको राजस्व कार्यालय पथलैयामा रजगज

वीरगंज । राजस्व अनुसन्धान कार्यालय पथलैया बाराका एक कर्मचारीले सेवाग्राहीसँग असुली गर्ने गरेको रहस्य उजागर भएको छ । पछिल्लो तीन वर्ष भन्दा लामो समयदेखि यस कार्यालयमा कार्यरत नायब सुब्बा अमिर दहालले बारा, पर्सा, रौतहट लगायतका व्यवसायीसँग अवैध रुपमा असुली गर्ने गरेको एक व्यवसायीले नै खुलासा गरेका छन् ।

व्यवसायीसँग असुली गरेर अर्थाेपार्जन गर्न सल्किएका दहालको गत फागुन २५ गते सरुवा हुँदा पनि उनी यहीँ बसेर काम गरीरहेका छन् । व्यवसायी र ट्रान्सपोर्टहरुबाट विभिन्न बहानामा असुली गर्ने प्रवृतिलाई उनले निरन्तरता दिइरहेका छन् ।

राजस्व कार्यालय पथलैया भएर पश्चिम तथा पूर्वतिर जाने व्यवसायीका सामग्रीमा कुनै न कुनै त्रुटी निकालेर रकम असुल्नका लागि अनावश्यक रुपमा तनाब दिने गरेको एक व्यवसायीले नाम नबताउने शर्तमा बताए । व्यवसायीकाअनुसार उनले रकम असुली मात्रै गर्दैनन्, गाली गलौज गर्नुका साथै सामान रोक्ने धाक धम्की समेत दिने गरेका छन् । जसका कारण करोडौ मूल्य बराबरको रोकिने डरले व्यवसायीहरु पनि केही रकम दिन बाध्य हुने गरेका छन् ।

राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख हरि शर्माकाअनुसार कार्यालयमा कर्मचारीको अभाव छ । केही दिनमा रवाना दिएर दहाललाई सरुवा भएको ठाउँमा पठाउने प्रतिक्रिया पनि उनले दिए । यद्यपी कार्यालय प्रमुखको गैरजिम्मेवार जवाफ पनि विश्वासयोग्य छैन ।

राजस्व कार्याल्य आफैमा यस्तो ठाउँ हो, जहाँ सबै कर्मचारी जान मरिहत्ते गर्छन् । तर कार्यालय प्रमुख शर्माले भने कोही पनि कर्मचारी आउन नमान्ने गरेको जवाफ दिएका छन् । प्राप्त विश्वसनीय स्रोतकाअनुसार भनेर शर्माले नै दहाललाई रोकेर राख्नुका साथै उनको सरुवा पनि रोकाउने रणनीतिमा लागेको बुझिएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:220. Generation time:10.363 sec. Memory consumption:82.72 mb