30.2 C
Birgunj
15 May 2025
KALIKATIMES.COM

अभिभावक संघकाे कार्यक्रममा ४ महिला सहित ७७ जानाद्वारा रक्तदान

वीरगंज । अभिभावक संघ पर्साकाे आयाेजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । वीरगंवकाे घण्टाघरमा भएकाे कार्यक्रममा ४ महिला सहित ७७ जनाले रक्तदान गरेकाे रक्त संचार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सराैभ राज पाण्डेले जानकारी दिए ।

अभिभावक संघ पर्साका अध्यक्ष सन्दिप साहकाे अध्यक्षतामा भएकाे रक्तदान कार्यक्रमकाे उद्घाटन पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले गरेका थिए ।

साे कार्यक्रममा दिपक कुमार मिश्रा, सुशिल कुमार हजारा, धिरज चाैधरी, श्रीकान्ति गिरी, सन्दिप सर्राफ, नरेन्द्र कुमार तिवारी, अमित कुमार गुप्ता, विनाेद प्रसाद यादव, अनिश कुमार सर्राफ, अजित कुमार मण्डल, हरिशंकर कानु, विमल पाैडेल, सुरज यादव, जितेन्द्र सर्राफ, अमित बैठा, राेहन दारुका, अजय प्रसाद साह, निरज सर्राफ, विपिन प्रसाद साह, संजय पटेल, सुमित दारुका लगायतकाले रक्तदान गरेका हुन् ।

रक्तदान कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्र, मधेश विश्व विद्यालयका उपकुलपति प्रा. डा. दिपक शाक्य,  ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख लोकराज भट्ट, नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति बृजकिशोर पटेल, सामाजिक अभियान्ता प्रकाश थारू, पत्रकार बृजलाल पासवान, निरज पिठाकाेटे मगर, शम्भु कुमार सुमन लगायतकाे उपस्थिती रहेकाे थियाे ।
प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

धाेबिनीमा आगलागी, एक घर र १२ वटा बाख्रा जल्याे

कालिका टाईम्स

जगरनाथपुर ५ मा नवनिर्मित वडा कार्यालय भवनकाे उद्घाटन

कालिका टाईम्स

वीरगंज महानगर प्रहरीद्वारा आदर्शनगर रंगशालामा वृक्षारोपण, हरियाली प्रवर्द्धनमा जोड

कालिका टाईम्स
SQL requests:217. Generation time:4.457 sec. Memory consumption:82.45 mb