30.2 C
Birgunj
15 May 2025
KALIKATIMES.COM

थारु कल्याणकारी समितिद्वारा सम्मान कार्यक्रम सम्पन्न

ओमप्रकाश चाैधरी/
सेढवा ।
आदिवासी थारु समुदायको बिभिन्न क्षेत्रमा अग्र भूमिका निर्वाह गर्न मार्ग दर्शकका रुपमा रहेका व्यक्तित्वहरुलाई शनिबार एक कार्यक्रमका बीच सम्मान गरिएकाे छ ।

थारु कल्याणकारी समिति पर्साले आयोजना गरेकाे कार्यक्रममा थारु समुदायका राजनीतिक, सामाजिक, व्यापारिक तथा राज्यका उच्च पदमा राष्ट्र सेवक कर्मचारीको रुपमा कार्य गरी अवकाश प्राप्त गरेका तथा थारु समुदायका भाषा, संस्कृति, पहिरन लगायतका परम्परागत पहिचान संरक्षणका सक्रिय भूमिका निर्वाह गरेका व्यक्तित्वहरुलाई सम्मान गरिएकाे हाे ।

सखुवा प्रसौनी गाँउपालिकामा रहेका दिप नारायण नमूना आदर्श माध्यमिक बिद्यालयमा आयोजित कार्यक्रममा मुखदेव पंजियार, डा. कृपा सिंह चौधरी, पूर्व मन्त्री सुरेन्द्र प्रसाद चौधरी, संबिधान सभा सदस्य जय प्रकास थारु, प्रदेश सांसद शंकर प्रसाद महतो, मोहनलाल चौधरी, रामाकान्त गौरो, रामेश्वर महतो थारु, अरुण चौधरी, धन्नजय पंजियार, मोहन गौरो, मोहन दास थारु, जोखन दासलाई सम्मान गरिएकाे थारु कल्याणकारी समितिले जनाएकाे छ ।

 यसैगरी सम्मानित हुनेमा चन्द्रदेव प्रसाद थारु, नेता नागेन्द्र प्रसाद चौधरी, रामबकस महतो थारु, राधेश्याम महतो, राजेन्द्र प्रसाद चौधरी, बासदेव महतो थारु, श्री फुलमति थारु, सखुवाप्रसौनी गाउँपालिकाकी उपाध्यक्ष शर्मिला बिष्ट थारु, चिरञ्जीवी महतो, श्री प्रमेश्वर गौरो, तुलसी चौधरी, सामाजिक अभियान्ता प्रकाश थारु, गणेश राउत थारु लगायत रहेका छन् ।

थारु कल्याणकारी समिति पर्साका अध्यक्ष भागवत प्रसाद थारुको अध्यक्षता र केन्द्रिय सदस्य महेन्द्र चौधरीको प्रमुख आतिथ्यमा सम्मान कार्यक्रम भएकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

धाेबिनीमा आगलागी, एक घर र १२ वटा बाख्रा जल्याे

कालिका टाईम्स

जगरनाथपुर ५ मा नवनिर्मित वडा कार्यालय भवनकाे उद्घाटन

कालिका टाईम्स

वीरगंज महानगर प्रहरीद्वारा आदर्शनगर रंगशालामा वृक्षारोपण, हरियाली प्रवर्द्धनमा जोड

कालिका टाईम्स
SQL requests:219. Generation time:4.310 sec. Memory consumption:82.72 mb