30.2 C
Birgunj
15 May 2025
KALIKATIMES.COM

सुरज सर्राफकाे अध्यक्षतामा समृद्धि नेपाल फाउण्डेसनको नयाँ कार्यसमिति चयन

वीरगंज । समृद्धि नेपाल फाउण्डेसनको चौंथो अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । शनिबार वीरगंज पब्लिक कलेजमा आयोजित एक कार्यक्रमबीच सुरज कुमार सर्राफको अध्यक्षतामा फाउण्डेसनकाे नयाँ कार्यसमिति चयन भएकाे हो ।

नयाँ समितिकाे उपाध्यक्षमा मोहम्मद ताहिर अहमद, सचिवमा हरिओम गुप्ता, सहसचिवमा श्रृति साह, कोषाध्यक्षमा पीयुष साह कानु सर्वसहमत चयन भएका छन् । त्यसैगरी समितिकाे सदस्य संयोजकमा भोला कहर, व्यवस्थापन संयोजकमा सूर्या सर्राफ, कार्यक्रम संयोजक आयुष गुप्ता, सह कार्यक्रम संयोजकमा रितु कर्ण चयन भएका छन् । अन्य सदस्य पछि मनोनयन गरिने संस्थाले जनाएकाे छ ।

त्यस्तै गरी अनुराग योजना अन्तर्गत दुई वटा विभाग पनि गठन गरिएको छ । स्वास्थ्य विभाग प्रमुखमा नेशनल मेडिकल कलेजमा अध्ययरत आदित्य राज साह र खेलकुद विभाग प्रमुखमा अध्यक्षको सिफारिसमा मनोनित हुने बताइएको छ ।

यस अघि कार्यक्रमका प्रमुख अतिथि युवा अभियन्ता दिलिपराज कार्कीले कार्यक्रमको उद्घाटन गर्दै फाउण्डेसनले विगतका वर्षदेखि युवालक्षित सामाजिक कार्य गर्दै आइरहेकाले आगामी दिनमा सकारात्मक खालका कार्य गरेर अघि बढ्नका लागि अनुरोध गरे ।

‘फाउण्डेसनले सामाजिक विकृति र विसंगति विरुद्ध विभिन्न खालका रचनात्मक अभियानहरु सञ्चालन गर्दै अघि बढ्नका लागि अनुरोध गर्दछु,’ उनले भने ‘वीरगंजका लोक कला संस्कृति प्रवर्धन गर्ने खालका कार्य गरेर युवाहरुलाई जागरुप बनाउनको लागि अनुरोध गर्दछु ।’’

फाउण्डेसनका संस्थापक अध्यक्ष आयुषकुमार गुप्ताले फाउण्डेसनले युवाहरुलाई स्टार्टअप लगायतका कार्य गर्नका लागि सहयोगी भूमिका निर्वाह गर्दै आइरहेको बताए । नवनिर्वाचित अध्यक्ष सर्राफले सबैसँग हातेमालो गरेर युवाहरुलाई सामाजिक कार्यमा अघि बढाउने योजना रहेको जानकारी दिए ।

सोही अवसरमा प्रिया मिश्रालाई समृद्ध नेपाल साहित्य पुरस्कारले सम्मान गरिएको थियो । त्यस्तै गरी सोही अवसरमा मेम्बर अफ दी इयरबाट पियुस साह कानु सम्मानित भएका छन् ।

कार्यक्रममा वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख निरोज चौलागाई, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख लोकराजभट्ट, मानवसेवा आश्रमका प्रतिनिधि देवेश गुप्ता लगायतको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

धाेबिनीमा आगलागी, एक घर र १२ वटा बाख्रा जल्याे

कालिका टाईम्स

जगरनाथपुर ५ मा नवनिर्मित वडा कार्यालय भवनकाे उद्घाटन

कालिका टाईम्स

वीरगंज महानगर प्रहरीद्वारा आदर्शनगर रंगशालामा वृक्षारोपण, हरियाली प्रवर्द्धनमा जोड

कालिका टाईम्स
SQL requests:215. Generation time:7.209 sec. Memory consumption:82.44 mb