30.2 C
Birgunj
15 May 2025
KALIKATIMES.COM

मानव सेवा आश्रममा बस्दै आएकी महिलाको परिवारसँग पुनर्मिलन

वीरगंज । सात वर्षअघि हराएकी एक मानसिक रूपमा कमजोर महिलाको परिवारसँग पुनर्मिलन भएको छ । 

इलाका प्रहरी कार्यालय हेलम्बुले २०८० असार १ गते उद्धार गरी मानव सेवा आश्रममा पठाएकाे महिलाको परिवार खोज्ने प्रयासले सार्थकता पाएको हो ।

वीरगंजस्थित मानव सेवा आश्रममा विगत केही वर्षदेखि बस्दै आएकी महिलाको पहिचान खुलाउन आश्रमले दुई दिनअघि फेसबुकमा एउटा भिडियो सार्वजनिक गरेको थियो ।

उक्त भिडियो सामाजिक सञ्जालमा धेरैले सेयर गरेपछि उनको घर पत्ता लागेको मानव सेवा आश्रम वीरगंजका प्रमुख संस्थापक देवेश गुप्ताले जानकारी दिए । 

देवश गुप्ताका अनुसार, चैत ७ गते महिलालाई उनका छोरा लखन सिंहलाई जिम्मा लगाइएको छ ।

लखन सिंहले आफ्नी आमालाई भारतको मध्यप्रदेशस्थित पन्वासा खचरोडमा रहेको घर लिएर गएका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

धाेबिनीमा आगलागी, एक घर र १२ वटा बाख्रा जल्याे

कालिका टाईम्स

जगरनाथपुर ५ मा नवनिर्मित वडा कार्यालय भवनकाे उद्घाटन

कालिका टाईम्स

वीरगंज महानगर प्रहरीद्वारा आदर्शनगर रंगशालामा वृक्षारोपण, हरियाली प्रवर्द्धनमा जोड

कालिका टाईम्स
SQL requests:215. Generation time:7.972 sec. Memory consumption:82.43 mb