30 C
Birgunj
9 May 2025
KALIKATIMES.COM

नयाँ वर्षकाे अवसरमा वीरगंजमा ‘न्यु इयर इभ कन्सर्ट’ हुँदै

वीरगंज । नयाँ वर्ष २०८१ को उपलक्ष्यमा वीरगंजमा ‘न्यु इयर इभ कन्सर्ट’को आयाेजना हुने भएकाे छ । ब्लेन्डिङ इभेन्ट्स नेपाल र परिवर्तन इभेन्ट हाउसको सहकार्यमा २०८१ साल चैत्र ३१ गते कन्सर्टकाे आयाेजना हुन लागेकाे हाे ।

वीरगंजस्थित होटल भिस्वामा आयाेजना हुने कन्सर्टकाे प्रमुख आकर्षणमा चर्चित गायक दीपक बज्राचार्य र उनको ‘रिदम ब्याण्ड’को रहेकाे छ, जसकाे बीरगंजमा पहिलो पटक प्रस्तुत हुन लागेकाे आयाेजकले जनाएकाे छ । आयाेजकले शुक्रबार वीरगंजमा पत्रकार सम्मेलनकाे आयाेजना गरि कन्सर्टकाे सम्पूर्ण तयारी अन्तिम चरणमा रहेकाे जनाएकाे छ ।

यसका अतिरिक्त थारु गायिका अनु चौधरी, मैथिली र्‍यापर मनिया, काठमाडौंकी चर्चित महिला डिजे नाना र वीरगंजका स्थानीय कलाकारहरूको पनि विशेष प्रस्तुति रहनेछ । कार्यक्रममा चार हजारभन्दा बढी दर्शकको सहभागिता रहने अपेक्षा गरिएको छ ।

आयाेजक संस्थाका अभय कर्णका अनुसार कार्यक्रमको लागि विद्यार्थीहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ । कार्यक्रमको कुल खर्च अनुमानित ३८ लाख ४० हजार रुपैयाँ रहेको छ । मुख्य प्रायोजकको रूपमा प्लाटिनम, सिल्भर र सपोर्टेड बाइका अवसरहरू खुला रहेका छन् । प्रायोजकहरूले मञ्च, स्क्रीन, होर्डिङ बोर्ड र डिजिटल मिडियामा ब्रान्ड प्रदर्शनीको फाइदा उठाउन सक्नेछन्।

कार्यक्रमका टिकटहरू विद्यार्थीहरूको लागि ५०० रुपैयाँ, साधारण टिकट १००० रुपैयाँ र प्रिमियम टिकट २५०० रुपैयाँमा उपलब्ध हुनेछ । नयाँ वर्षको अवसरमा आकर्षक छुटको व्यवस्था पनि गरिएको छ । टिकटहरू अनलाइन वालेटमार्फत खरिद गर्न सकिनेछ, साथै वीरगंजका विभिन्न स्थानहरूमा टिकट काउन्टरहरू खोलिनेछन्।

ब्लेन्डिङ इभेन्ट्स नेपालले सम्पूर्ण दर्शक, मिडिया र प्रायोजकहरूलाई कार्यक्रममा सहभागी हुन आह्वान गर्दै कार्यक्रमको सफलता र समर्थनको लागि सबैको साथको अपेक्षा गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:220. Generation time:5.495 sec. Memory consumption:82.73 mb