27.1 C
Birgunj
24 May 2025
KALIKATIMES.COM

वीरगंजकाे गोल्डकपको उपाधीकाे लागि आज पुलिस क्लब र मच्छिन्द्र भिड्दै

वीरगंज । दोस्रो वीरगंज गोल्डकप फुटबल प्रतियोगीताको फाईनलमा पुगेका दुबै टिमले उपाधी उचाल्ने दाबि गरेका छन । प्रतियाेगिताकाे फाईनलमा पुगेका नेपाल पुलिस क्लब र मच्छिन्द्र फुटबल क्लबले उपाधीकाे लागि आज भिड्दै छन् । दुबै टिमले यसबर्षको उपाधी उचाल्ने दाबि गरेका छन् ।

मधेश प्रदेश कै ठुलो धनराशीको रुपमा रहेको वीरगंज गोल्डकपलाई उचाल्ने गरी आन्तरिक रुपमा तयारी भएको उनीहरुको दाबि छ । शुक्रबार भएकाे पत्रकार सम्मेलनमा नेपाल पुलिस क्लबका प्रशिक्षक चेतन घिमिरेले पहिलो वीरगंज गोल्डकपको उपाधी पुलिसले नै उचालेको स्मरण गर्दै यसबर्ष पनि उचाल्ने ठोकुवा गरे ।

उनले पुलिस क्लबको रणनितिक खेल भएका कारण विपक्षी टिम माथी पुलिसका खेलाडी सधै नै हाबि हुने जिकिर गरे । यस्तै नेपाल पुलिस क्लबका कप्तान रामचन्द्र वाजीले पनि पहिलो संस्करणको उपाधी उचालेकाले यसबर्ष पनि आफुहरुले नै उचाल्ने बताए ।

मच्छिन्द्र फुटबल क्लबका म्यानेजर सिरिस श्रेष्ठले पहिलो पटक वीरगंज गोल्डकपको फाईनलमा पुगेकाले यसबर्षको उपाधी आफुहरुले उचाल्ने दावि गरे । यसबर्ष मच्छिन्द्र फुटबल क्लबको उपाधी उचाल्ने बर्ष भएकाले यसबर्षको लगातार तेस्रो उपाधी उचाल्ने ठोकुवा गरे ।

मच्छिन्द्र फुटबल क्लबका कप्तान बिशाल श्रेष्ठले वीरगंज गोल्डकपको उपाधी मच्छिन्द्र फुटबल क्लबले जित्ने गरी तयारी गरीएको सुनाए । उनले मच्छिन्द्र फुटबल क्लबका खेलाडीहरु नियमित रुपमा अभ्यासरत भएका कारण वीरगंजमा पनि आफ्नो ईतिहास रच्ने बताए ।

प्रतियोगितामा विजेता टोलीलाई नगद ११ लाख ११ हजार एक सय एघार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेता हुने टोलीलाई पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिनेछ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सहकारी क्षेत्रका समसामयिक समस्या तथा समाधान विषयक अन्तक्रिया

कालिका टाईम्स

वीरगंजको भोजपुरी प्रतिष्ठानद्वारा ‘आपन भाषा आपन पहचान’ अभियान सञ्चालन

कालिका टाईम्स

माउन्ट मकालु स्कुलमा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

कालिका टाईम्स
SQL requests:213. Generation time:11.162 sec. Memory consumption:82.41 mb