वीरगंज । जनमत पार्टी पर्साकाे आयाेजनामा संचालित निशुल्क आँखा शिविर अझै जारी नै रहेकाे छ । पार्टीकाे लोककल्याणकारी अभियान अन्तर्गत शुक्रबार पनि २४ र २५ औं आँखा शिविर सम्पन्न भएकाे जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले वताए ।
शिविरबाट अहिले सम्म ३ हजार एक सय पचास जना लाभान्वित भएकाे उनले जानकारी दिए । अध्यक्ष सर्राफका अनुसार शुक्रबार पर्साकाे सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर -५ बलुवामा र बहुदरमाई नगरपालिका वडा नम्बर -४ डकैला बहुअरीमा निशुल्क आँखा शिविर सम्पन्न भएकाे हाे ।
बलुवामा भएकाे २४ औं शिविर शिविरबाट १०२ जना आँखा परिक्षण गराएका हुन् । जस मध्ये ३३ जनामा मोतिया बिन्दु भेटिएको छ । त्यसैगरि डकैला बहुअरीमा भएकाे २५ औं शिविर शिविरमा ७७ जनाले आँखा परिक्षण गराएका हुन् । जस मध्ये ३१ जनामा मोतिया बिन्दु भेटिएको छ ।
माेतिया बिन्दु भेटिएका सबैको शल्यक्रिया वीरगंज सामुदायिक आँखा अस्पतालमा नि:शुल्क गरिने जनमत पार्टी पर्साले जनाएकाे छ ।
शिविरमा जनमत पार्टीका नेताहरू राजुराज गिरि, नजमा खातुन, राम राज साह, जय कुमार साह लगायत वीरगंज सामुदायिक आँखा अस्पतालका प्राविधिकहरुको सहभागीता रहेको थियो ।