10 May 2025
KALIKATIMES.COM

प्याब्सन जुनियर फुटबल प्रतियोगिता : ज्ञान ज्योति र ठोरी एकेडेमीको शानदार जित

वीरगंज । वीरगंजस्थित विपद् व्यवस्थापन गुल्मको खेलमैदानमा जारी राज होजियारी प्याब्सन जुनियर फुटबल प्रतियोगिता अन्तर्गत आज दुई रोमाञ्चक खेल सम्पन्न भएका छन् । प्रतियोगितामा ज्ञान ज्योति र ठोरी एकेडेमीले उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो-आफ्नो खेल जितेका छन् ।

प्रतियोगिताको पहिलो खेलमा डीएभी र ज्ञान ज्योती बीच प्रतिस्पर्धा भएको थियो । खेलको शुरुवातदेखि नै दुवै टोली आक्रामक देखिए पनि ज्ञान ज्योतिले उत्कृष्ट खेल कौशल प्रदर्शन गर्दै २ गोलको अन्तरले जित हासिल गर्‍यो । ज्ञान ज्योति टोलीका खेलाडी सोयम प्रजापति प्लेयर अफ द म्याच घोषित भए ।

दोस्रो खेलमा ठोरी एकेडेमी र बीपीएस भिडन्त भयो । ठोरी एकेडेमीले उच्च प्रदर्शन गर्दै ३ गोलको फराकिलो अन्तरले बीपीएसलाई पराजित गर्‍यो । ठोरी एकेडेमीका खेलाडी सागर पन्तले उत्कृष्ट प्रदर्शन गर्दै म्यान अफ द म्याचको उपाधि जिते ।

राज होजियारी प्याब्सन जुनियर फुटबल प्रतियोगिता निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) पर्साको आयोजनामा भइरहेको छ । प्याब्सन पर्साका सचिव अशोक सङ्ग्रौलाका अनुसार, यो प्रतियोगिता विद्यार्थीहरूलाई खेलकुदमा संलग्न गराउँदै उनीहरूको शारीरिक तथा मानसिक विकासमा योगदान पुर्‍याउने उद्देश्यले आयोजना गरिएको हो ।

प्याब्सन पर्साका अध्यक्ष सराेज चाैधरीकाअनुसार, प्रतियोगिताले खेलकुदको माध्यमबाट विद्यार्थीहरूमा अनुशासन, सहकार्य, नेतृत्व क्षमता र आत्मविश्वास विकास गर्न मद्दत गर्नेछ । साथै, वीरगंजमा विद्यालय स्तरको खेलकुद गतिविधिहरूलाई प्रवर्द्धन गर्न यो प्रतियोगिता महत्वपूर्ण सावित हुने उनकाे विश्वास छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:216. Generation time:3.706 sec. Memory consumption:82.45 mb