वीरगंज । पर्सा प्रहरीले मंगबार वीरगंजबाट खसीको मासु हो भनी बाख्राको मासु विक्री गर्ने एक जनालाई पक्राउ गरेकाे छ । वडा प्रहरी कार्यालय श्रीपुरबाट खटि गएको प्रहरी टोलीले वीरगंज महानगरपालिकाकाे वडा नं.१३ प्रतिमा चोकबाट आसमिन फ्रेस हाउसका संचालकलाई पक्राउ गरेकाे हाे ।
सूचनाकाे आधारमा प्रहरी टोलीले आसिन प्रेस हाउसकाे तलासी लिँदा बाख्राको मासुमा खसीको अण्डकोष सिलाएर टाँसी बेचिरहेको अवस्थामा फेला पारेकोले उक्त पसलका संचालक वीरगंज महानगरपालिकाकाे वडा नं.१३ निवासी ४१ बर्षिय हारून मियाँ अन्सारीलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।
अन्सारीलाई उक्त खसीको अण्डकोष टाँसिएको बाख्राको मासु १५ के.जी.सहित नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालयमा ल्याइ कालोबजारी सम्बन्धी कसुरमा तालुक जिल्ला प्रशासन कार्यालय पर्साबाट ५ दिन म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक किशाेर लाम्सालले जानकारी दिए ।