32.9 C
Birgunj
9 May 2025
KALIKATIMES.COM

सनलाईट कलेजका नयाँ बिद्यार्थीहरुलाई स्वागत

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नम्बर १६ नगवामा रहेको सनलाइट प्लस २ कलेजको आयोजनामा शनिबार होटल भिस्वामा कक्षा ११ र बिबिएका विद्यार्थीहरुलाई स्वागत समारोह कार्यक्रम सम्पन्न भएको छ । 

सनलाइट कलेजका डाइरेक्टर डिके चौरसियाको अध्यक्षता भएकाे कार्यक्रमकाे उद्घाटन शिक्षा इकाई समिति पर्साका प्रमुख मोती प्रसाद भट्टले गरेका थिए । कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख भट्टले निजी कलेजहरुले शिक्षा क्षेत्रमा पुर्याएकाे योगदानलाई सरकारले उच्च मुल्यांकन गरिरहेको बताए ।

सरकारी कलेजहरु भन्दा अहिले निजी कलेजहरुमा विद्यार्थीहरुको संख्या उल्लेखनीय मात्रामा बढीरहेको बताउँदै उनले यस कलेजमा अध्यापन गरिरहेका विद्यार्थीहरुले उच्च  शिक्षा पाउने आशावादी आफू रहेको भट्टले बताए । यश कलेजका विद्यार्थीहरुले राम्रो नतिजा ल्याउने र त्यस कलेजका शिक्षक शिक्षिकाहरुबाट राम्रो शिक्षा पाउने आशा समेत आफुले लिएको भट्टले विश्वास व्यक्त गरे । 

कार्यक्रममा प्याब्सन मधेस प्रदेश सदस्य इमामुदीन अहमद, प्याब्सन पर्साका पुर्व अध्यक्ष पुरन प्रधान, प्याब्सन सल्लाहकार हरि श्याम ठाकुर, प्याब्सनका वीरगंज महानगर अध्यक्ष राहुल श्रीवास्तव, प्राध्यापक उमेश चौरसिया, शिक्षकहरु दिनानाथ साह, कोडिनेटर राजन चौरसिया, वीर बहादुर पण्डित लगायतको उपस्थित रहेको थियो ।

कार्यक्रमको स्वागत मनतब्य सनलाइट माविका प्रिन्सिपल आलोक चौरसियाले राखेका थिए भने सहजिकरण शिक्षक बलराम श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:220. Generation time:7.136 sec. Memory consumption:82.73 mb