41.9 C
Birgunj
15 May 2025
KALIKATIMES.COM

सनलाइट क्याम्पसमा फूड फेस्टिभल सम्पन्न

दिपु बर्णवाल/
वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नम्बर १६ नगवामा रहेको सनलाइट क्याम्पसमा बुधबार फुड फेस्टिभल सम्पन्न भएकाे छ । क्याम्पसमा अध्यानरत विद्यार्थीहरुले आयाेजना गरेकाे फुड फेस्तिभल सम्पन्न भएकाे हाे ।

सनलाइट क्याम्पसका क्याम्पस प्रमुख डिके चौरसियाको अध्यक्षता भएकाे फुड फेस्टिभलकाे उद्घाटन प्याब्सन वीरगंज महानगरका अध्यक्ष राहुल श्रीवास्तले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष श्रीवास्तवले विद्यार्थीहरुले आफ्नो प्रतिभालाई यसरी नै प्लेटफर्म अर्थात अवसर दिएर क्षमता देखाउने वताए ।

उनले निजी बिधालय तथा निजी कलेजहरुले गुणस्तरीय शिक्षा संगै ब्यवहारीक शिक्षाको अहिलेको आवश्यकता रहेकोले यस्ता कार्यक्रमहरु बेला बखत गर्नुपर्ने वताए ।

त्यसैगरी गौतम स्कुलका निर्देशक सोनाम लामाले विद्यार्थीहरुको प्रतिभा देखेर धेरै खुशी लागेको बताए । उनका अनुसार अब हरेक कलेज र विधालयहरुले बेलाबखत फुड फेस्तिभल गरेर विद्यार्थीहरुलाई यस्तो सुनौलो अवसर दिन सके उनीहरूको भबिष्य नेपालमा नै सुनिश्चित गर्न सक्ने बताए ।

सनलाइट कलेजकाे आयोजनामा भएकाे फुड फेस्टिभलमा कलेजमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न ३० परिकार भन्दा धेरै स्टलहरु राखेका थिए । स्टलहरुमा सेल रोटी, घोङी, पानी पुडी, कुखुराको रोस्त, चटपटे, अचार, चप लगायतका परिकार राखिएको थियो ।

कलेज परिसर मै भएकाे फुड फेस्टिभलमा क्यान महासंघ पर्साका अध्यक्ष मनिष सिंह, जीवन ज्योति स्कुलका निर्देशक शिवजी गुप्ता , गौतम स्कुलका निर्देशक सोनम लामा, ओम नेशनल एकेडेमीका प्रधानाध्यापक हरि श्याम ठाकुर, सनलाइट माविका प्रधानाध्यापक आलोक चौरसिया, पकाहाँ मैनपुर गाउँपालिकाका पुर्व अध्यक्ष बिजय चौरसिया, प्याब्सन मधेस प्रदेश सदस्य इमामुदीन अहमद , शिक्षक बलराम श्रेष्ठ लगायतलकाे सहभागिता रहेकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

धाेबिनीमा आगलागी, एक घर र १२ वटा बाख्रा जल्याे

कालिका टाईम्स

जगरनाथपुर ५ मा नवनिर्मित वडा कार्यालय भवनकाे उद्घाटन

कालिका टाईम्स

वीरगंज महानगर प्रहरीद्वारा आदर्शनगर रंगशालामा वृक्षारोपण, हरियाली प्रवर्द्धनमा जोड

कालिका टाईम्स
SQL requests:215. Generation time:6.204 sec. Memory consumption:82.44 mb