35.6 C
Birgunj
25 May 2025
KALIKATIMES.COM

पटेर्वासुगौलीमा माघी तथा भाथा महोत्सव शुरु

सेढवा । पर्साको पटेर्वासुगौली गाउँपालिकामा थारु संम्बत २६४९ को नयाँ बर्षको अवसरमा चौथो माघी तथा भाथा महोत्सव शुरु भएकाे छ । गाउँपालिका अध्यक्ष दिनेश कुमार चौधरीको सभापतित्वमा भएकाे कार्यक्रममा साबिक गाबिस पटेर्वासुगौलीका अध्यक्ष परमेश्वर गौरोले महोत्सवकाे उद्घाटन गरेका हुन् ।

पटेर्वा सुगाैली गाउँपालिकाकाे वडा नं ४ मा रहेको नेरामाबि दापु सुगौलीको खेलमैदान शुरु भएको महोत्सव तीन दिनसम्म चल्ने छ ।मानवबस्तीभन्दा १७ किलोमिटर पर्सा राष्ट्रिय निकुञ्जको जंगलभित्र रहेका भाथा पहाडमा अवस्थित दुधेश्वर महादेव मन्दिरमा पर्यटन भित्रियाउने उदेश्यले यस पाली महोत्सवमा भाथा जोडिएका गाउँपालिका अध्यक्ष चौधरीले बताए ।

बर्षौदेखि लाखौ आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गर्दछन । तर यी पर्यटकहरु हिन्दु धर्मको चाड पर्व तथा मेला लागेको समयमा मात्र आउने गरेका हुँदा व्यवसायिक रुपमा पनि पर्यटन भित्रियाउन प्रचुर सम्भावना रहेका हुँदा माघीसँगै यो महोत्सव मनाउन शुरु गरिएका अध्यक्ष चौधरीले बताए ।

यस महोत्सवका लागि पर्सा राष्ट्रिय निकुञ्जसंग सहकार्य गर्दै माघी महोत्सवदेखि भाथासम्म पर्यटक भित्रियाउन प्रयास गरिएको मूल माघी समारोह समितिका अध्यक्ष मुकेश गौरोले बताए । महोत्सवको पहिलो दिन मंगलबार १४ जना आन्तरिक पर्यटकहरु जीप सफारी गर्दै भाथा पुगेको अध्यक्ष गौरोले बताए ।

यस महोत्सवमा पालिका भित्र रहेका बिभिन्न सामुदायिक बिद्यालयहरुका बिद्यार्थीहरुले थारु गीतमा नृत्य प्रस्तुत गरेका थिए । यसका साथै बिद्यार्थीहरुले बालबिवाह, दाईजो प्रथा न्यूणीकरण सम्बन्धि र थारु समुदायको परम्परागत पर्व जितीया पर्व सम्बन्धि नाटक समेत प्रदर्शन गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय थारु गायिका समिक्षा चौधरी र स्थानीय चायक तथा कलाकार नेपाली निरहुवाले दर्शकहरूलाई जाडोमा नचाएका थिए । महोत्सवमा भोली राष्ट्रिय थारु कलाकार रितु चौधरी र नेपाली निरहुवाको प्रस्तुति हुने जनाइएकाे छ ।

महोत्सवमा नव जागृत युवा क्लबले पालिकाको सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरेका थिए । सो कार्यक्रममा एक महिला सहित ७५ जनाले रक्तदान गरेकाे रक्त संचार केन्द्र बीरगंजले जनाएकाे छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

नेकपा एस पर्सा जिल्ला कमिटीकाे बैठक सम्पन्न, साह र पटेल निलम्बित

कालिका टाईम्स

सहकारी क्षेत्रका समसामयिक समस्या तथा समाधान विषयक अन्तक्रिया

कालिका टाईम्स

वीरगंजको भोजपुरी प्रतिष्ठानद्वारा ‘आपन भाषा आपन पहचान’ अभियान सञ्चालन

कालिका टाईम्स
SQL requests:214. Generation time:10.662 sec. Memory consumption:82.41 mb