11 May 2025
KALIKATIMES.COM

प्याब्सन पर्साको अध्यक्षमा सरोज चौधरी, सचिवमा अशाेक संग्राैला निर्वाचित

वीरगंज । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन (प्याब्सन) पर्साको अध्यक्षमा सरोज चौधरी निर्वाचित भएका छन् ।

आइतबार सम्पन्न प्याब्सन पर्साको १६ औँ अधिवेशन अन्तर्गत भएकाे निर्वाचनमा साउथ जोन माध्यमिक विद्यालयका प्रधानाध्यापक चौधरी अध्यक्षमा निर्वाचित भएका हुन् ।

जम्मा खसेको ४८ मतमध्ये चौधरीले २६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी जीवन ज्योति स्कुलका प्रधानाध्यापक शिवप्रसाद गुप्ताले २२ मत प्राप्त गरे । चार मतको अन्तरले चौधरीले प्याब्सन पर्साको नेतृत्व गर्ने अवसर पाएका छन् ।

यसैगरी प्याब्सन पर्साकाे बरिष्ठ उपाध्यक्ष शाेशिला साह, उपाध्यक्ष बिरेन्द्र यादव, सचिव अशाेक संग्राैला, काेषाध्यक्ष प्रविन चाैधरी, सह काेषाध्यक्ष सुदिल प्रसाद कुमार, सदस्यमा मंजु राणा भट्ट, अभाष सिंह क्षेत्री र अर्चना चाैरसिया निर्वाचित भएका छन् । 

सह सचिव एवं दुई सदस्य पछि मनाेनित गरिने छ । अध्यक्षमा निर्वाचित चौधरी यसअघि वरिष्ठ उपाध्यक्ष थिए भने पराजित भएका  गुप्ता उपाध्यक्ष थिए । प्रमुख निर्वाचन अधिकृत एवम् प्याब्सनका केन्द्रीय सदस्य छेडूप लामाको नेतृत्वमा निर्वाचन सम्पन्न भएको थियो ।

यस अघि अधिवेशनको उद्घाटन प्याब्सन केन्द्रीय महासचिव आरबी कटुवालले गरेका थिए । वीरगंजस्थित होटल भिस्वामा सम्पन्न अधिवेशन उद्घाटन समाराेहलाई सम्बोधन गर्दै उनले प्याब्सनले शिक्षा क्षेत्रमा गरी रहेका गतिविधिले समाजको शैक्षिक अवस्थामा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको दाबी गरे ।

प्याब्सन पर्साका निर्वतमान अध्यक्ष पूरण प्रधानको अध्यक्षतामा भएकाे अधिवेश उद्घाटन समाराेहमा  मधेस प्रदेश नीति आयोगका सदस्य एवम् डा. हरिशंकर साह, मधेस प्रदेश अध्यक्ष दिपक रेग्मी, वरिष्ठ उपाध्यक्ष श्याम केसी, मधेस प्रदेश सचिव गणेश साह, केन्द्रीय सदस्य छेडुप लामा, वीरगंज महानगर समितिका अध्यक्ष राहुल श्रीवास्तव, बाराका पूर्व अध्यक्षद्वय हरिदेव खरेल, नेत्र दहाल लगायतको उपस्थिती रहेको थियो । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:217. Generation time:5.117 sec. Memory consumption:82.46 mb