30 C
Birgunj
9 May 2025
KALIKATIMES.COM

पत्रकारहरूको पेशागत सुरक्षाका लागि सरकार गम्भीर : मुख्यमन्त्री सिंह

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले पत्रकारहरूको पेशागत सुरक्षा तथा मर्यादा बढाउन प्रदेश सरकार गम्भीर रहेको बताएका छन् ।

मुख्यमन्त्री सिंहले नेपाल पत्रकार महासङ्घ मधेश प्रदेश समितिको नव निर्वाचित पदाधिकारीहरूको पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मधेश प्रदेश समितिको कार्यालय भवन निर्माण गर्नका लागि चालु आर्थिक वर्षमा ८० लाख बजेट विनियोजन गर्नुका साथै पत्रकारहरूको पेशागत सुरक्षाका लागि ७ लाखको दुर्घटना तथा १ लाखको स्वास्थ्य बिमासहित उच्च शिक्षाका छात्रवृत्तिको व्यवस्था गरिएको बताए ।

मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री कौशल किशोर रायले मधेश प्रदेश सरकारले मधेशी जनताको भावना अनुसार काम गरिरहेको बताउँदै मधेश प्रदेशमा १ पटक सवारी साधन दर्ता गरेपछि १५ वर्षसम्म कर नलाग्ने गरि विधेयक पारित गरिएको बताए ।

जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहले नेपाल पत्रकार महासङ्घको भवन निर्माणका लागि उपमहानगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

नेपाल पत्रकार महासङ्घ मधेश प्रदेशका नव निर्वाचित अध्यक्ष श्याम बन्जराको अध्यक्षतामा भएको शुभकामना आदान प्रदान कार्यक्रममा संघीय सांसद प्रभु हजरा, महासङ्घका केन्द्रीय सचिव अशोक तिवारी, निवर्तमान सचिव दिपेन्द्र चौहान, लेखा समितिका संयोजक केसी लामिछाने सहितका वक्ताहरूले मन्तव्य राखेका थिए ।

यस अघि महासङ्घका अध्यक्ष राजेश कुमार कर्णले नवनिर्वाचित अध्यक्ष श्याम बन्जरालाई पद हस्तान्तरण गरेका थिए । निर्वाचन समितिका संयोजक प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार रामभरत साहले सबै प्रदेश समितिका नव निर्वाचित पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:216. Generation time:7.176 sec. Memory consumption:82.45 mb