वीरगंज । अखिल नेपाल किसान महासंघ, पर्साले कृषि सहकारी संस्थालाई समुचित ढंगले मल बितरण गराउन प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको छ ।
महासंघका जिल्ला अध्यक्ष राजकुमार सिंहको नेतृत्वमा गएको टोलिले सहायक प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्कीसंग सम्बाद गर्दै जिल्लामा दर्ता भएका कृषि सहकारी संस्थाहरुलाई मल बितरण गर्दा समुचित ढंगले बितरण गर्न दवाब दिएका छन ।
जिल्लामा नयाँ दर्ता भएकाहरुलाई वस्ता नै नगरी आफू खुशी मनलाग्दोहरुलाई मात्रै मल दिने परम्पराका कारण आफुहरु पीडित रहेकोले अब मल बितरण गर्दा त्यस्ताहरुको सम्बोधन गर्न टोलिले आग्रह गरेको महासंघको सचिव लालकिशोर यादवले बताए ।
सम्बादको लागि गएको टोलिमा जिल्लामा दर्ता भएको विभिन्न संस्थाका प्रतिनिधिहरुको उपस्तिथि रहेको थियो ।
प्रतिक्रिया लेख्नुहोस